ओलीलाई रावलका ७४ प्रश्न (पूर्णपाठ)

१७ पुस, काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले पार्टी कारबाहीमा परेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो समयदेखि असन्तुष्ट नेता रावलले उनै ओलीमाथि आफ्ना रोष प्रकट गरेका छन् ।

पत्रकार सम्मेलनमार्फत उनले ओलीमाथि प्रश्नैप्रश्न तेर्स्याएका छन् ।

पार्टीका महाधिवेशनदेखि सरकार सञ्चालनसम्ममा ओलीले गरेका क्रियाकलापको असन्तुष्टि जाहेर गर्दै उनले प्रश्न गरेका हुन् ।

नेपाली जनताको स्वाधीनताको भावनमा किन प्रहार गरेको ?, स्वतन्त्र मधेशको धारणा स्वीकार गनर्जु स्वाधीन र अखण्ड नेपालको प्रधानमन्त्रीलाई सुहाउने काम हो ?, राजनीतिलाई अस्थिर बनाउने काममा किन लागेको ? लगायतका कयौं प्रश्न उनले गरेका छन् ।

आफ्नो पार्टी सदस्यता खोसिएको गुनासो गरेका रावलले अब वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा पनि गरेका छन् ।

यस्तो छ रावलले बुधबार प्रस्तुत गरेको विज्ञप्तिको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस