नेकपा (माओवादी) द्धारा मनपुराको निधनप्रति दुखः प्रकट गर्दै श्रद्धान्जली व्यक्त

४ जेठ, कालिकोट । नेकपा (माओवादी) कालिकोटले पार्टी सदस्य मनपुरा विश्वकर्माको दुखत निधन भएकोमा जिल्ला पार्टी मर्माहित भएको भन्दै श्रद्धान्जली व्यक्त गरेको छ ।

जिल्ला इन्चार्ज विवेक सी र जिल्ला सेक्रेटरी बलवान सीले सोमवार एक शोक वक्तव्य जारी गर्दै २०८३ साल जेठ २ गते ५५ बर्षको उमेरमा उहाँको असमायिक निधन भएको खवरले जिल्ला पार्टी मर्माहित भएको भन्दै श्रद्धान्जली व्यक्त गर्नु भएको हो ।

मनपुरा नरहरीनाथ गाउँपालिका वडा नम्वर –१ चौथीकोट निवासी निलो विकको छोरी, पार्टी सदस्य उज्जल विश्वकर्माको जीवनसंगीनी हुनुहुन्थ्यो ।

नेकपा (माओवादी)ले उहाँ लामो समयदेखि फोक्सोको क्यान्सरले पीडित भएको कारण अन्ततः दुखत निधन भएको शोक वक्तव्यमा उल्लेख गरेको छ ।

उहाँको निधनले सिंगो पार्टीलाई अपुरणीय क्षति भएको वक्तव्यमा उल्लेख छ । पार्टीले मनपुराको निधनले शोकमा रहनु भएका श्रीमान उज्जल सहित सम्पूर्ण घर परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेको छ । शोक वक्तव्यको अन्तमा, मनपुराले जनयुद्ध एकीकृत जनक्रान्तिमा पुर्याउनु भएको योगदानको जिल्ला पार्टीले संधै स्मरण गरिरहने बाचा गर्दै पार्टीको तर्फबाट उच्च सम्मान व्यक्त गरेको छ ।

शोक वक्तव्यको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस