न्युनतम पारिश्रमिक पेशागत सुरक्षाको ग्यारेष्टी गर्न जनपत्रकार संगठन कालिकोटको माग

माघ १८, कालिकोट । जनपत्रकार संगठन नेपाल कालिकोटले श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा र समानुपातिक विज्ञापन लगायतका ६ बुँदे माग राख्दै नेपाल पत्रकार महासंघ कालिकोट शाखालाई ज्ञापनपत्र बुझाएको छ ।

संगठनले मंगलबार महासंघको जिल्ला शाखाका सचिव खडान्नद अधिकारीलाई महासंघको कार्यालयमै भेट गरि ज्ञापनपत्र बुझाएको हो ।
संगठनका कर्णाली प्रदेश समितिका उपाध्यक्ष कर्ण बिश्वक्रर्मा, कालिकोट जिल्ला कार्यबाहक अध्यक्ष जनसरा ऐडि लगायतको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको छ ।

ज्ञापनपत्रमा श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न ठोस कदम चालि कोभिडका कारण रोजगार गुमाएका संचारकर्मीको पुनस्र्थापना, राहत र स्वास्थ्य उपचारका लागि पहल गर्नु माग गरिएको छ ।

यस्तै नेपाल सरकार द्धारा विमाङ्क रकम हाल्ने गरि श्रमजीवी पत्रकारहरुको निशुल्क ५ लाख वरावरको स्वास्थ्य विमा गर्न सम्वन्धित ठाउँमा पहल गर्न महासंघको ध्यानाकर्षण गराउदै जनपत्रकार संगठनले विमा गर्दा सहज र सजिलो प्रक्रियावाट हुने गरि सवै पत्रकारहरुमा पूर्ण रुपमा कार्यान्वय गर्न माग गरेको छ ।

जनपत्रकार संगठन नेपालले भनेको छ “महासंघका सदस्यहरुको सुद्धिकरण गर्दै सवै पत्रकार संगठन र पत्रकारहरुको महासंघमा सहभागिताका लागि थप मर्यादित र जिम्मेवारी हुदै पत्रकारिता गरिरहेका पत्रकारलाई सहज र निश्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चित वातावरण गरिहोस् ।”

यस्तै आफ्नो ज्ञापन पत्रमा जनपत्रकार संगठनले नेपाल पत्रकार महासंघले परिचालन गर्ने आर्थिक कारोवार पारदर्शि हुनु पर्ने, केन्द्र, प्रदेश र स्थानिय सरकारवाट प्राप्त हुने विज्ञापनहरु महासंघ मार्फत समानुपातिक प्राणालीवाट सवै मिडियाहरुले पाउने वातावरण हुनु पर्ने र पत्रकारहरुको क्षमता बृद्धि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गरिनु पर्ने माग गरेको छ ।

ज्ञपनपत्र बुझाउने कार्यक्रमा महासंघकाे तर्फबाट महासंघका पुर्व अध्यक्ष कालिबहादुर मल्ल, सह–सचिव रमेश बोगटि र कोपाध्यक्ष रमेश सुनारको सहभागिता रहेको थियो ।

ज्ञापनपत्र ग्रहण गर्दै महासंघका सचिव अधिकारीले संगठनको मागपत्रप्रति आफु संवेदनशील रहेको र जायज माग बैठकमा पेश गरि कार्यान्वय गर्ने प्रतिवद्धता जनाउनु भयो ।

यसैगरि जनपत्रकार संगठन नेपालले पत्रकार महासंघको कर्णाली प्रदेश तथा प्रदेश अन्तरगतका सवै जिल्ला शाखामा ज्ञापन पत्र वुझाएको छ ।

ज्ञापन पत्रकोे पूर्ण पाठ

 

प्रतिक्रिया दिनुहोस