विभिन्न ६ पत्रकार संगठनद्धारा केन्द्रीय नेतृत्वबाटै निर्वाचनमा अवरोध भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण

१९ जेष्ठ, काठमाडौ । विभिन्न ६ बटा पत्रकार संगठनहरुले नेपाल पत्रकार महासंघको निर्वाचनलाई तोकिएको मितिमा निर्वाध रूपमा सम्पन्न गर्नेतर्फ महासंघको केन्द्रीय नेतृत्वबाटै अवरोध भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै खेद व्यक्त गरेका छन ।

प्रेस चौतारी नेपाल,प्रेस सेन्टर नेपाल,समाजवादी प्रेस संगठन नेपाल ,प्रगतिशील पत्रकार संघ नेपाल,जनपत्रकार संगठन, नेपाल र क्रान्तिकारी प्रेस संगठनले शनिवार एक संयुक्त प्रेश विज्ञप्ति जारी गर्दै महासंघको निर्वाचनलाई तोकिएको मितिमा निर्वाध रूपमा सम्पन्न गर्नेतर्फ केन्द्रीय नेतृत्वबाटै अवरोध भइरहेकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै खेद व्यक्त गरेका हुन ।

जारी विज्ञप्तिमा पत्रकार संगठनहरुले नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनबाट तोकिएको निर्वाचन जेठ २६ गते नै केन्द्र, प्रदेश, शाखा, प्रतिष्ठान र एशोशियटमा सम्पन्न हुने बातावरण मिलाउन माग गरेका छन ।

जारी विज्ञप्तिमा.नेपाल पत्रकार महासंघका अद्यावधिक सदस्यहरुको नामावली तत्काल निर्वाचन समितिलाई बुझाई सार्वजनिक गर्न माग गर्दै नामावलीमा छुट भएका क्रियाशील पत्रकारहरूको नामावली समावेश गरी निर्वाचन समितिवाट प्रक्रिया वमोजिम अन्तिम नामावली प्रकाशन गर्ने वातावरण मिलाउन पनि माग गरेका छन ।

विज्ञप्तिमा भनिएको छ ‘नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनवाट निर्वाचित कार्य समितिको विधान बमोजिम तीन वर्षे कार्यअवधि २०८० चैत्रमा सकिइसकेपछि पनि नयाँ नेतृत्व चयन गरी पदभार हस्तान्तरण गर्नुपर्ने स्वभाविक, लोकतान्त्रिक र वैधानिक प्रक्रिया पूरा हुन सकेको छैन । यसलाई कुनै पनि बहानामा अवरूद्ध गर्ने कार्य नगर्न केन्द्रीय नेतृत्वलाई गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’

विज्ञप्तिमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश वस्नेत, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा,समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेल, जनपत्रकार संगठन, नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा र क्रान्तिकारी प्रेस संगठनका संयोजक कमल बुढाले हस्ताक्षेर गरेका छन ।

विज्ञप्तिको पूर्णपाठ

 

प्रतिक्रिया दिनुहोस