बर्दिया । नेपाल कम्युनिष्ट पार्टी बर्दियाले नेकपाका केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयमा कार्यरत भिमहादुर सी (रेडियम)को असमायिक निधनप्रति गहिरो दुख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नेकपा बर्दिया जिल्ला इन्चार्ज हिमशिखरले शनिवार एक शोक वक्तव्य जारी गर्दै क्रान्तिकारी योद्धा रेडियमको निधनले पार्टीलाई अपूरणीय क्षेती पुगेको भन्दै दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन ।
नेकपा बर्दियाले जारी गरेको शोक वक्तव्यमा भनेको छ ‘बुवा रत्न बहादुर नेपाली र आमा कासी कुमारी नेपालीको कोखबाट २०३० जेठ ७ गते जाजरकोट जिल्ला शिवालय गाउँपालिका वडानम्वर ३ मा जन्मेर हाल बर्दिया जिल्ला मधुबन नगरपालिका वडा नम्बर ९ तारातालमा बस्दै आउनु भएका हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पाटीका केन्द्रीय सदस्य एवम केन्द्रीय कार्यालयमा कार्यरत कमरेड भिम बहादुर सीको आज विहान ७ बजे भएको असमायिक निधनप्रति गहिरो दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्दछौ ।’
नेकपाले दुखत क्षणमा रेडियमको जीवनसंगीनी कस्तुरा नेपाली छोरा छोरी लगायत सम्पूर्ण घरपरिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।
नेकपाले शोक वक्तव्य मार्फत महान जनयुद्धमा २०५४ सालदेखि समाहित भएर प्राविधि ज्ञानसीपले भरिपूर्ण रेडिमले आफ्नो भौतिक जीवनको प्रभावह नगरी देश र जनताका लागि अमुल्य योगदान पुर्याएकोमा सम्मान गर्दै उनको बैज्ञानिक समाजवादको अधुरो सपना पुरा गर्ने प्रतिबद्धता जनाएको छ ।