शैक्षिक गुणस्तर सुधारका लागि राजनितिक पक्षपातवाट माथि उठ्नु पर्ने क्याम्पस प्रमुखः सिहं

कालीकोट जिल्लाको पहिलो क्याम्पस तिलाकर्णाली बहुमुखि क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख लक्ष्मण सिहंले आफ्नो मान्छे भन्दा पनि राम्रो मान्छेलाई क्याम्पसका बिभिन्न अवसरको जिम्मेवारी दिने वताउनु भएको छ ।

क्याम्पस प्रमुखको जिम्मेवारी समालेको पछिल्लो दिन जिल्लाको पहिलो रेडियो नयाँ कर्णालीको हाम्रो सरोकार कार्याक्रमा वोल्दै क्याम्पस प्रमुख सिहंले पार्टीको सिफारिसमा गरिने नियुक्तीले शिक्षामा परिवर्तन ल्याउन नसक्ने भन्दै आफुले दक्ष प्राध्यापकहरुको नियुक्ती गर्ने देखि खस्केको तिलाकर्णाली वहुमुखि क्याम्पसको अवस्था सुधारका लागि काम गर्ने वताउनुभयो ।

राजनितिमा छिटै अवसरर पाउने भएकाले शैक्षिक अभियान्ताहरु राजनिति तिर लागेकाले शैक्षिक जगत नै धरापमा परेको भन्दै आस्था वाहेक अरु कुरालाई छोडेर कालिकोटको शैक्षिक सुधारका लागि एक भएर शिक्षकहरुले लाग्नु पर्ने वताउनुभयो ।

आफु परिक्षामा सामेल हुदै गर्दा कालिकोटको तिला कर्णाली वहुमुखि क्याम्पसको प्रमुख हुन वाध्य वनाएको भन्दै कुनै पनि श्रेस्ता नरहेको क्याम्पसको ब्यवस्थानका लागि आफ्नो कार्यकाल पुरा हुने वताउनुभयो ।

आफुले आफ्नो लागी भन्दा पनि पछिको लागि भौतिक संरचना देखि सबै क्षेत्रको सुधारमा लाग्ने र कालिकोटमा सुहाउदो शिक्षाका थप बिषय पनि ल्याउने वताउनुभयो ।

यस्तै क्याम्पस प्रमुख सिहलाई शुक्रबार स्ववियुले पनि स्वागत गरेको छ । नयाँ क्याम्पस प्रमुखले शैक्षिक क्षेत्रमा केही सुधार गर्ने आसाका साथ स्वागत गरिएको स्ववियुले जनाएको छ ।
स्ववियु सचिव मनसिहं शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख सिहंलाई स्वागत तथा सम्मान गरिएको हो । स्ववियुले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि समेत क्याम्पस सिहंलाई वनाईएको हाम्रा सम्वाददाता तुलाराज पाण्डेले वताउनुभयो ।

स्ववियुले गरेको सम्मान कार्यक्रममा वोल्दै क्याम्पस प्रमुख सिहंले क्याम्पसमा निशुल्क कम्प्युटर कक्षा लागु गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

तिलाकर्णाली वहुमुखी क्याम्पसले पनि सेमिस्टार प्रणाली लागु गरेकाले राम्रो शिक्षा र भोलि दिनमा राम्रो रोजगारी चाहने बिद्यार्थीलाई नियमित क्याम्पस आउन आग्रह समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस