सरकारले लगाएको ‘संगठित अपराधको झुट्टा मुद्धामा’ रणवीरले पाए सफाई

४ भाद्र, बाँके । नेकपा (माओवादी)का सचिवालय सदस्य भरत बम (रणवीर)ले ७ बर्ष अघिदेखि सरकारले लगाएको ‘संगठित अपराधको झुट्टा मुद्धामा’ अन्ततः सफाई पाउनु भएको छ ।

विहिवार तुल्सीपुर उच्च अदालत नेपालगंज इजलासले नेता बममाथिको मुद्धा राज्यले अन्यायपूर्ण थोपरेको निश्कर्ष निकाल्दै उहाँलाई मुद्धाबाट सफाई दिएको हो ।

जिल्ला अदालत बाँकेले मुद्धामा २०८१ साल वैसाख २७ गते फैसला गर्दै नेता बममाथि २० हजार जरिवाना र २८ महिना कैद सजाए सुनाएको थियो ।

संगठित अपराधको मुद्धामा प्रतिवादी बनाईएका तत्कालिन नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) र स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला (कञ्चन)लाई भने जिल्ला अदालत बाँकेले सफाई दिएको थियो ।

नेता बमले आफू जनताको पक्षमा निरन्तर संघर्ष गर्ने मान्छे भएको र कुनै बम विष्फोट गरी संगठित अपराध नगरेको भन्दै फैसला उपर सफाईको माग दावी गरी तुल्लीपुर उच्च अदालत नेपालगंज इजलासमा पुनरावेदन रिट दाहेर गर्नु भएको थियो ।

उक्त रिटमाथि वहस गर्दै विहिवार वरिष्ट अधिवक्ता एकराज भण्डारी, भोलासिंह हमाल, अधिवक्ता शिवसुन्दर शाही र सान्ता पोखरेलले नेता बम राजनीतिक नेता भएको, जनयुद्धदेखि जनताको पक्षमा निरन्तर लडिरहेको, कुनै वम विफोष्ट गर्ने काममा नलागेको, संगठित अपराध नगरेको र राज्यले विप्लवमाथि प्रतिवन्ध लगाएका कारण प्रतिशोधी भावनामा झुट्टा मुद्धा चलाएको दलिल पेश गर्दै मुद्धाबाट सफाईको माग गरेका थिए ।

विप्लवको नेकपाले एनसेल कम्पनीमा कर नतिरेको भन्दै कार्वाही गरेपछि २०७५ साल फागुन २८ देखि राज्यले नेकपामाथि प्रतिवन्ध थोपरेको थियो । जसले गर्दा पनि नेता बमलाई राज्यले दुख दिने बाटो पाएको थियो ।
नेता बमले इजलासमा न्यायधीस सामु आफ्नो भनाई राख्दै आफू निकै पीडित भएको र राज्यले पूर्वाग्रही भएर मुद्धा लगाएको बताउनु भएको थियो ।

उहाँले अहिले पनि १९९७ सालदेखिका सहिदहरुले न्याय नपाएको र नेपाली जनताले भने जस्तो व्यवस्था नपाएकाले आफू संघर्षरत रहेको दावी गर्नु भयो । नेता बमले छालाको आँखाले मात्र नभई सत्य र विवेकको आँखाले आफूले न्याय पाउनु पर्ने न्यायधीस समक्ष माग गर्नु भयो ।

वकिलको वहस र नेता बमको कुरा सुनिसकेपछि उच्च अदालत नेपालगंज इजलासका न्यायधीस वामदेव ज्ञवाली र मदन पोखरेलको संयुक्त इजलासले नेता बमलाई विवेकको आँखा प्रयोग गरी मुद्धाबाट सफाई दिएको हो ।

नेता बम कसरी पक्राउ पर्नु भएको थियो ?

उहाँ नेकपाको तत्कालिन पोलिट व्यूरो सदस्य हुनुहुन्थ्यो । नेपालगंजबाट झापाका लागि उहाँ सहित उहाँको स्टाप सत्यवहादुर शाही गाडीमा जाँदै हुनुहुन्थ्यो ।

२०७६ साल वैसाख २५ गते नेपालगंज बसपार्कबाट गाडि चढेर हिडनु भयो । तर प्रहरीको सिआईडीहरुले उहाँ आएको चाल पाइसेका थिए । त्यही गाडीमा सिभिल लुगामा संगै आएछन । दिउसो करिव ३ बजेतिर वाँकेको पिप्रवा गाडी पुगेपछि गाडीलाई एक्कासी रोकिन्छ ।

प्रहरीको अरु गाडीपनि पुग्छ । खानतलासी हुन्छ । नेता वम र सत्य वहादुर शाहीलाई पक्राउ गरिन्छ । प्रहरीले केही समयको लागि भोला गायव पार्छ र झोलामा कुुकर र केही ताल राखेर ल्याउछ । त्यही ठाउँमा सवैलाई जम्मा गरेर बमको झोलामा बम भेटिएको मुचुल्का बनाउछ । अनि दुवै जनालाई कोहलपुर इलाका प्रहरीको हिरासतमा लिइन्छ ।

स्टाप सत्यबहादुरलाई थुनछेकको वहसमा धरौटीमा छोडिन्छ । नेता बमलाई सुरुमा विष्फोटको मुद्धा लगाउछ । पछि विचमा नेता प्रकाण्ड, कञ्चनको नाम समेत जोडेर संगठित अपराधको मुद्धा लगाउछ ।
नेता बम करिव १ महिना कष्ठकर हिरासतमा वस्नुहुन्छ । त्यसपछिको अदालतको थुनछेकको वहसमा उहाँलाई पूर्पक्षका लागि कारागर चलान गर्छ ।

करिव २९ महिना उहाँ जिल्ला कारागर बाँके र पछि वर्दिया वस्नु हुन्छ । वाँके कारागर वस्दा कारागर भित्रको वेथिति विरुद्ध आवाज उठाउदा लागुऔषधका कैदी वन्दीहरुले उहाँमाथि हातपात समेत गर्छन । त्यसपछि उहाँलाई वर्दिया कारागत स्थान्तरण गरिन्छ ।

उहाँलाई उच्चमा गरेको रिटपछि १ लाख धरौटीमा रिहा गरिन्छ । वाहिर वसेर नै निरन्तर मुद्धा लडिरहनु भएको थियो । उहाँलाई फेरी पनि उच्च अदालतले न्याय दिएको छ ।

प्रतिक्रिया दिनुहोस