देउवा प्रचण्ड गठवन्धन सरकारबाट तीन वुदे सहमतिको ठाडो उल्लंघन, विप्लव प्रकाण्ड सहितका नेता विरुद्ध पक्राउ पुर्जी जारी

साउन, १६, काठमाडौं । देउवा–प्रचण्ड लगायतको गठबन्धन सरकारले नेकपा र सरकार पक्षबीच भएको ३ बुँदे सहमतिको ठाडो उल्लंघन गरेको छ । नेकपा र तत्कालिन केपी ओली सरकार विच २०७७ साल फागुन २० गते तीन वुदे सहमति भएको थियो ।

तीन वुदे सहिमति अनुसार नेकपा माथिको प्रतिवन्ध हटाउने, झुट्टा मुद्धा खारेज गर्ने, वन्दीहरु रिहा गर्ने, नेकपाले शान्तिपूर्ण राजनीति गर्ने र नेपालको राजनीतिक समस्या वार्ता सम्वादवाट समाधान गर्ने रहेको थियो ।

यो सहमतिलाई नेकपाले इमान्दारिताका साथ पालना गरिरहेका वेला देउवा प्रचण्ड गठवन्धन सराकारले भने त्यसको पूर्ण उल्लंघन गरेको छ ।
सोमबार मात्र ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य सन्तोष बुढा, केन्द्रीय सदस्यहरु उमा भुजेल, केन्द्रीय सदस्य रणबीर, केन्द्रीय सदस्य बसन्त श्रेष्ठ, केन्द्रीय सदस्य आजाद, केन्द्रीय सदस्य नवीन विश्वकर्मा र केन्द्रीय सदस्य प्रेम दर्नाललाई पक्राउ पर्जी जारी गरेको छ ।

यस्तै नेकपाले कारवाही गरी पदमुक्त भएका नेता धर्मेन्द्र बास्तोला, दीपक, पदम राई, मोहनबहादुर कार्की लगायत नेताहरूलाई पनि पक्राउ पुर्जी जारी गरेको छ ।

उनीहरु सवै नेताहरु विरूद्ध विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा र हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो ।

नेकपाले अहिले ३ बुँदे सहमतिलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्दै शान्तिपूर्ण राजनीतिक गतिविधि गरिरहेको छ । यो नेकपाको संयमता हो । सरकारले सहमतिलाई उलंघन गर्दै जाने हो भने ३ बुँदे सहमति भंग हुन सक्ने चेतावनी समेत दिएको छ ।

म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ । ३५ दिनभित्र अदालतमा उपस्थित हुन पक्राउ पुर्जीमार्फत भनिएको छ ।

यस्तो छ तीन वुदे सहमति

प्रतिक्रिया दिनुहोस