तीन बुदे सहमति कार्यान्वय नभए ‘हातमा दहि जमाएर’ नवस्ने नेकपाको चेतावनी

पक्राउ पुर्जी जारी गरेकोमा गम्भीर आपत्ती

 साउन १६, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले तीन वुदे सहमतिको ठाडो उल्लंघन गरेको भन्दै हातमा दहि जमाएर नवस्ने चेतावनी दिएको छ ।

ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव विप्लव सहितका नेताहरुलाई पक्राउ गर्ने पुर्जी जारी गरेको विषयवारे गम्भीर ध्यानाकर्षण सहित आपत्ती प्रकट गर्दै नेकपाले एक प्रेस विज्ञप्ती जारी गरि सरकारले हदै सम्मको वेइमानी गरेको आरोप लगाएको छ ।

प्रवक्ता प्रकाण्डले सोमवार जारी गर्नु भएको प्रेश विज्ञप्तीमा आफ्नो पार्टी तीन वुदे सहमतिको मर्म,वार्ता एवम सहमतिको माध्यम र शान्तिपूर्ण तरिका प्रति दृढ र अक्षरस लागु गरिरहेको वेला सरकारले सहमति उल्लंघन गरिरहेकोमा आपत्ती जनाउनु भयो ।

जारी विज्ञप्तीमा भनिएको छ “हाम्रो पार्टी,नेतृत्वको कार्यकर्ता र तीन वुदे सहमतिका विरुद्ध सरकार र राज्यले आज घटाएको घटनालाई तुरुन्त रोकिएन, तीन वुदे सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने हाम्रो पार्टी हातमा दहि जमाएर नवस्ने चेतावनी सेर वहादुर देउवा नेतृत्वको गठवन्धन सरकार र राज्यका अधिकारीहरुलाई दिन चाहान्छौ ।”

नेकपाको जारी विज्ञप्तीमा मार्फत देश र जनताका विद्यमान यावत समस्याका विरुद्ध संघर्ष गरिरहेको आफ्जो पार्टी र नेतृत्वका विरुद्ध षड्यन्त्र गरिएको भन्दै यो षड्यन्त्रले अन्तत्वगत्वा अमेरिकी साम्राज्यवादी हस्तक्षेप, दलाल पूँजीपति तथा सामाजिक दलाल पूँजीपतिको आत्मसमर्पण र जनविरोधी चरित्रलाई नै मलजल पुर्याएको वताएको छ ।

नेकपाले यसको प्रतिवाद गर्न र जनप्रतिरोधमा उत्रिन देशको वौद्धिक जगत,मानवअधिकार एवम कानूनी क्षेत्र,देशभक्त प्रगतिशील लोकतन्त्रवादी,वामपन्थी क्रान्तिकारी शक्ति,पत्रकार जगत र आम नेपाली जनतालाई विशेष अपिल गरेको छ ।

नेकपाले जारी गरेको विज्ञप्तीमा आफ्नो पार्टी एकीकृत जनक्रान्तिको संवेदनशिल प्रक्रियामा भएको भन्दै सरकारले तीन वुदे सहमति कार्यन्वय नगरे भावी निम्तिने गम्भीर अवस्थाको जिम्मेवार स्वयम सरकार र राज्यका अधिकारीहरु हुनु पर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस