शाहसीको नेतृत्वमा ३९ सदस्सीय जिल्ला समिति निर्वाचित गर्दै नेकपा कालिकोटको चौथों जिल्ला सम्मेलन सम्पन्न

१६ भाद्र,कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालिकोेटको चौथो जिल्ला सम्मेलन नयाँ नेतृत्व निर्वाचित गर्दै विहिवार सम्पन्न भएको छ । पदम विश्वकर्मा (साहासी)को नेतृत्वमा ३९ सदस्सीय नयाँ जिल्ला समिति निर्वाचित भएको हो ।

“राष्ट्रियता,आत्मसमर्पणवाद, दलाल संसदीय पूँजीवाद र सामाजिक फासिवाद विरुद्धको हाम्रो अभियान , रािष्ट्रय स्वाधीनता र सामाजिक न्यायका लागि वैज्ञानिक समाजवाद स्थापनाका लागि चौथों जिल्ला सम्मेलन” भन्ने मुलनाराका साथ वुधवार बाट जिल्लाको शान्नित्रिवेणीमा सम्मेलन सुरु भएको थियो ।

सम्मेलनले जिल्ला सेक्रेटरीको रुपमा साहासीलाई नयाँ नेतृत्व रुपमा निर्वाचित गरेको छ ।

यसअघि जिल्ला सेक्रेटरी रहनु भएका मनिलाल ऐडी (रणदिप) लाई विधाई गरेको छ । उहाँलाई नयाँ जिम्मेवारी दिने नेकपाले जनाएको छ । जिल्ला सम्मेलनको विहिवार भएको वन्दसत्रले नयाँ नेतृत्व निर्वाचित गरेको हो ।

नयाँ नेतृत्वलाई नेकपाका केन्द्रीय सदस्य तथा सम्मेलनका प्रमुख अतिथि भरत वम (रणवीर)ले वधाई दिदै एकीकृत जनक्रान्तिको कार्यभार पुरा गर्न नयाँ नेतृत्वलाई शुभकामना दिनु भयो । उहाँले दलाल पूँजीवादी सरकारले नेकपा संग गरेको तीन बँुदे सहमति उल्लंघन गरेको भन्दै सरकारलाई सहमति कार्यान्वय गर्न सवै क्षेत्रले दवाब दिनु पर्ने धारणा राख्नु भयो ।

तीन वुँदे सहमति सरकारले कार्यान्वय नगरे त्यसको परिणाम नकरात्मक हुने चेतावनी दिर्दै नेता वमले नयाँ नेतृत्वलाई जस्तो सुकै चुनौतीको सामना गर्ने हिक्मत राखेर जिल्लामा एकीकृत जनक्रान्तिको कार्यभार पुरा गर्न शुभकामना दिनु भयो ।

नयाँ निर्वाचित टिमलाई नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जुम्ला जिल्ला इन्चार्ज कर्ण भण्डारी (विराट)ले क्रान्तिको वाँकी अभिभारा पुरा गर्ने गरी अगाडि वढन सुझाव सहित वधाई दिनु भयो ।

यस्तै जनपत्रिकाका व्यवस्थापक धनराज शाही, विशेष समितिका सदस्य हिमशिखर लगायतका नेताहरुले नयाँ निर्वाचित नेतृत्वलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

 

उहाँले सरकारले तीन वुँदे सहमति कार्यान्वय नगरेर उल्लंघन गरेको भन्दै यदि तीन वुँदे कार्यान्वयन नगरे त्यसले उत्पन्न गर्ने परिणामको जिम्मेवारी सरकारले लिनु पर्ने चेतावनी दिनु भयो

कार्यक्रममा प्रमुख अतिथि बमले विगतमा कालिकोट वर्गसंघर्षको केन्द्र विन्दु भएको र अहिले पनि बर्ग संघर्षको केन्द्र विन्दुमै पर्ने भएको भन्दै एकीकृत जनक्रान्तिमा फेरी पनि कालिकोटे जनताको ठुलो योगदान आवश्यक भएको टिप्पणी गर्नु भयो ।

 

सम्मेलनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिदै नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जुम्ला जिल्ला इन्चार्ज कार्यक्रमका अतिथि कर्ण भण्डारी (विराट)ले वैज्ञानिक समाजवाद नै अहिलेको संसदीय व्यवस्थाको संकटको निकास भएको जिकिर गर्नु भयो । उहाँले तीन वुँदे कार्यान्वय गर्न सरकारलाई आग्रह गर्नु भयो । यस्तै नेकपाका विशेष समिति सदस्य हिमशिखर,सहिद परिवार बाट राधिका शाही, जनपत्रिका ड्टकमका व्यवस्थापक धनराज शाही लगायतका अतिथिहरुले सम्मेलन सफलताको शुभकामना दिनु भएको थियोे ।

जिल्लाको ९ वटा पालिका वाट जनता, प्रतिनिधि, पर्यवेक्षकहरु नारा जुलुस सहित उद्घाटन सत्रमा सहभागी भएका छन । सम्मेलनको उद्घाटन सत्रमा विभिन्न साँस्कृति प्रस्तुतिहरु समेत प्रस्तुत गरिएका थिए ।

 

जिल्ला सेक्रेटरी रणदिपको अध्यक्षतामा उद्घाटन भएको सम्मेलनको स्वागत मन्तव्य धरातलले दिनु भएको थियो भने संचालन शाहसीले गर्नु भएको थियो । सम्मेलनको बन्दसत्र भोली हुने र नयाँ नेतृत्व निर्वाचित हुने नेकपा कालिकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस