वर्तमान संविधान अर्थपूर्ण छैनः वरिष्ठ अधिवक्ता भण्डारी


१६ भाद्र,काठमाडौं । बरिष्ठ अधिवक्ता एक राज भण्डारीले नेपालको संबिधान अर्थपूर्ण नरहेको बताउनु भएको छ । नेकपाको काठमाडौ जिल्लाको १२औं जिल्ला सम्मेलनको प्रमुख अतिथिका रुपमा उद्घाटन गर्दै अधिवक्ता भण्डारीले यस्तो वताउनु भएको हो ।

उहाँले नेपालको संबिधानमा जस्तो लेखिएको छ त्यसको कार्यान्वयन हुदैँन यस अर्थमा यो औचित्यहिन छ भन्नु भयो । अधिवक्ता भण्डारीले जनतालाई न्याय दिने कानुनी निकायहरु दलाल संसदीय व्यवस्थाकै कारणले गर्दा भ्रष्टाचार र कमिसन खाने अखडा भएको खुलासा गर्नु भयो ।

उहाँले सरकारले नेकपा सँग गरेको तीनबुँदे सहमतिलाई गैरजिम्मेवारी भएर उल्लंघन गरेको भन्दै नेकपाका नेताहरुमाथि पक्राउ पुर्जी जारी गरेकोमा विरोध जनाउनु भयो ।
अधिवक्ता भण्डारीले भन्नु भयो “यो जनताको हक अधिकारको लागि र देशको स्वाधीनताको रक्षार्थ लडिरहेको पार्टी माथिको षड्यन्त्र हो । राजनीतिक रूपमा सहमति भएको सम्झौतालाई सरकारले हुबहु लागु गर्नु पर्छ । ”

सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माईला लामाले दलाल संसदीय व्यवस्थालाई चिहानमा गाड्नुको विकल्प नभएको वताउनु भयो । उहाँले दलाल संसदीय व्यवस्थाकै चिहान बाट नयाँ वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्नु पर्नेमा जोड दिनु भयो ।

नेता लामाले कम्युनिष्टहरुको जीवन व्यक्तिगत भन्दा माथि उठेको निस्वार्थ गुण भएको हुनुपर्ने भन्दै कम्युनिष्टहरूले सामुहिक उत्पादन र क्रान्तिलाई सङ्गै जोडेर अगाडि बढाउनु पर्र्ने वताउनु भयो ।

सम्मेलनको उद्घाटन सत्रमा युवा संगठन बाट सावित्री अधिकारी,महिला संगठनवाट राजकुमारी शाही ,जनपत्रकार संगठन वाट आलोक लिम्वु लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमको अध्यक्षता राजेन्द्र महर्जनले गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस