नयाँ परिस्थितिको नयाँ कार्यभार बोक्न तयार हुनुहोस्ः विप्लव

१४ असोज,सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नयाँ परिस्थितिको नयाँ कार्यभार बोक्न तयार हुन कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा आईतवार हुने पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्न शनिवार साँझ वीरेन्द्रनगर पुग्नु भएका महासचिव विप्लवले यस्तो निर्देशन दिनु भएको हो ।

उहाँले दशैभरीको पार्टी प्रशिक्षणको अवस्था उत्साहजन भएको र सुर्खेतमा हुने पार्टी प्रशिक्षण अन्तीम भएको पनि वताउनु भयो । महासचिव विप्लवले आफु सुर्खेतमा पुग्दा यहाँको पार्टीले गरेको न्यानो स्वागत प्रति हार्दिक धन्यवाद दिनु भयो ।

उहाँले प्रकाण्डको स्वास्थ्यमा अलि समस्या रहेको र क्रमिक सुधार हुदै गएकाले प्रशिक्षण कार्यक्रममा आउन नसकेको स्पष्ट पार्नु भयो ।
उहाँलाई सुर्खेतमा पार्टीका नेता तथा कार्यकर्ताले मोरसाईकल र्याली सहित पुप्प गुछाले भव्य स्वागत गरेका थिए ।

पार्टी प्रशिक्षण सुरु हुनु पूर्व आईतवार विहान मध्यपश्चिम विश्वविद्यालयको आयोजनामा महासचिव विप्लवको विद्यार्थीसंगको भेटघाट कार्यक्रम रहेको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस