मध्पश्चिम विश्वविद्यालयद्धारा विद्यार्थीसंग विप्लव कार्यक्रम आयोजना

१४ असोज,सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको आयोजनामा अहिले केहीवेरमा विद्यार्थीसंग विप्लव कार्यक्रम हुदैछ ।

मध्यपश्चिम विश्वविद्यालय परिसरमा विद्यार्थीहरुसंग विप्लव कार्यक्रम आयोजना हुन लागेको हो । मध्यपश्चिम विश्वविद्यालय प्रशासनले नेकपाका महासचिव सुर्खेत पुगेको अवसरमा कार्याक्रमको आयोजना गरेको वताएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको लागि सहभागिता गरिदिन हुन विश्वविद्यालयका रजिष्टार नारायण पौडेलले निमन्त्रणा गर्नु भएको छ ।

आज विहान उहाँ सहित विश्वविद्यालयका केन्द्रीय क्याम्पसका प्रिन्सिपल जसवीर रोका, साइन्स एण्ड टेक्नोलोजि फ्याकल्टी डिन सुदिप ठकुरी,एजुकेशनल फ्याकल्टिका डिन एम वहादुर कार्की, र ल फ्याकल्टिका डिन सहप्राध्यापक विनय झाले महासचिव विप्लवलाई भेट्दै निमन्त्रणा गरेका हुन ।

भेटमा विश्वविद्यालयमा विद्यार्थी संख्या घट्दोक्रममा भएको प्रति चिन्ता व्यक्त गर्दै उनीहरुले महासचिव विप्लवलाई समस्या समाधानमा पहल गरिदिन आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस