१४ असोज,सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले एमसीसीलाई कुनैपनि हालतमा जनता र कार्यकर्ताको प्रतिरोधले रोक्नुपर्ने बताउनु भएको छ ।
नेकपाको उत्तर,मध्य तथा दक्षिण कर्णाली व्यूरोले सुर्खेतको वीरेन्द्रनगरमा आईतवार आयोजना गरेको संयुक्त राजनैतिक प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले जनतालाई सचेत बनाउदै कार्यकर्ताहरुलाई प्रतिरोधको तयारी गर्न निर्देशन दिनु भयो ।
उहाँले नेपाली जनताका लागि एमसीसी विकास नभएर विनास ल्याएर अमेरिकी साम्राज्यवाद नेपाल आएको वताउनु भयो ।
महासचिव विप्लवले नेपाललाई युक्रेन बनाउने र नेपालको कम्युनिष्ट आन्दोलन समाप्त पार्ने गुरु योजनाका साथ अमेरिकी साम्राज्यवाद एमसीसीका माध्यमबाट नेपाल छिरेको स्पष्ट पार्नु भयो ।
उहाँले अमेरिकी साम्राज्यवादका केही दलाल टट्टुहरुले अमेरिकाको पैसा खाएर एमसीसीलाई नेपालमा जवर्जस्त कार्यान्यवन गर्न खोजेको ठोकुवा गर्नु भयो ।
उहाँले नेपालमा राजनैतिक रुपमा प्रधान अन्तरविरोध समेत बदलिएको र अब अमेरिकी साम्रज्यवादका दलाल र नेपाली जनताका बीचको अन्तरविरोध प्रधान भएको बताउनु भयो ।
उहाँले भन्नु भयो “अन्तरविरोध बदलिएकाले नेपालमा समाजवादी मोर्चा बन्न सम्भव भएको हो । दलाल पूँजीवादी संसदीय व्यवस्थाको विकल्पमा नेपाली विशेषताको समाजवाद ल्याउने शर्तमा मोर्चा बनेको हो । यो स्वाधीनताको पक्षमा पनि उभिन्छ ।”
महासचिव विप्लवले नेपाली कम्युनिष्ट आन्दोलनमा मुख्यगरी दुईवटा समस्या एउटा जडसुत्रीय रुढिवाद र अर्को पुँजीवादी संसदवादका कारण कम्युनष्टिहरुहरु अगाढि बढन नसकेको स्पष्ट पार्नु भयो ।
उहाँले नेपालमा नयाँ तरिकाले क्रान्ति गर्न आफ्नो पार्टी लागेको र त्यो एकीकृत जनक्रान्ति भएको भन्दै समाजवादी क्रान्ति पुरा गर्न नेपालका सवै कम्युनिष्टहरुलाई साथमा लिएर जाने बताउनु भयो ।
उहाँले प्रचण्डसंग अमेरिकाले नेपालको मुस्ताङ लगायतका केही ठाउँहरुमा सैन्य क्याम्प राख्ने प्रस्ताव गरेको कुरा सुन्नमा आएकोे खुलासा गर्दै यदि त्यसो भए नेपाली जनताले स्वीकार नगर्ने र प्रतिवाद हुने चेतावनी दिनु भयो ।
कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य भरत सी,शुशील सी,पोलिट व्यूरो सदस्य वन्धु सी लगायतका नेताहरुले समेत प्रशिक्षण मन्तव्य राख्दै नेपालको प्रधान समस्या दलाल पुँजीवाद भएको र त्यसको अन्त्यको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गर्ने वताउनु भएको छ ।
उहाँहरुले १५ वर्ष पहिले पार्टीले संश्लेषण गरेका कुराहरु पुष्टि हुदै गएकाले पार्टी सफल हुदै गएको समेत वताउनु भयो । संगमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विवेक सीले गर्नु भएको थियो