नेपालको लागि विप्लव जस्तो नेताको खाँचो छः उपकुलपति नन्दबहादुर सिंह

१४ असोज,सर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उकुलपति नन्दबहादुर सिंहले नेपालको लागि विप्लव जस्तो नेताको खाँचो भएको ठोकुवा गर्नु भएको छ ।

विश्वविद्यालयले आईतवार विश्वविद्यालय परिसरमा आयोजना गरेको विद्यार्थीसंग विप्लव कार्यक्रमलाई सम्वोधन गर्र्दै उपकुलपति सिंहहले नेपाललाई परिवर्तनका लागि विप्लवको खाँचो भएको ठोकुवा गर्नु भएको हो ।

उपकुलपति सिंहले बोल्ने नेता भन्दा व्यवहारमा काम गरेर देखाउने नेताको आवश्यकता भएको औल्याउदै विप्लवले बोल्ने मात्र होईन व्यवहारमै सयौ विगाह जग्गामा उत्पादनको काम गरेर देखाएको बताउनु भयो ।

उहाँले देश बचाउने,भ्रष्टाचार रोक्ने,राष्ट्रिय पुँजी बढाउने र कृषि क्रान्ति गर्ने नेताको आवश्यकता भएको बताउदै नेपालको लागि विप्लव एकमात्र विकल्प भएको दाबी गर्नु भयो ।

उकुलपति सिंहले विश्वविद्यालयमा राम्रो काम गर्न खोज्दा ११० मुद्धा परेको गुनासो समेत गर्नु भयो । उहाँले विश्वविद्यालयमा राजनैतिक दबाव बढेको खुलासा गर्दै भन्नु भयो “हामी लोकल हौ । फलानो पार्टीका हौ भन्छन । झोले टिचर लगाएर तालाबन्दी गर्छन ।”

उपकुलपति सिंहले आफु कोही कसैको दवावमा नपर्ने र राम्रो काम गर्ने विश्वास दिलाउदै विश्वविद्यालयलाई गाईगोठ बनाउन नदिने अठोट व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो “विश्वविद्यालयलाई गाईगोठ बनाउन खोज्नेहरुलाई एक हुन दिन्न,दुई हुन दिन्न, तीन हुन दिन्न ।”

उपकुलपति सिंहले नेपालमा प्लव टु पढने र व्याजलर पढने विद्यार्थीहरु विदेश पढन जाने कुराले एकातिर नेपालको पुँजी पलायन भएको र अर्को तिर नेपालका विश्वविद्यालयहरु खाली भएकाले यस्तो कार्य राज्यले रोक्नु पर्ने माग गर्नु भयो ।

उहाँले नेकपा महासचिव विप्लवलाई निमन्त्रणा स्वीकार गरी कार्यक्रममा सहभागी भएकोमा धन्यवाद दिदै अन्तमा विश्वविद्यालयको तर्फवाट मायाको चिनो समेत प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस