पूर्व विग्रेड सह–कमाण्डर विष्ट अस्ताय, योग्दानकाे कदर भएन

चैत २०, कालिकाेट । पूर्व जनमुक्ति सेना, नेपालका विग्रेड सह–कमाण्डर दण्डविक्रम विष्ट (मित्र) को बिहबार (आज) बिहान ९ बजे कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ ।

मंगलबार बिहान बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ न्यूरोडमा एम्बुलेन्स र मोटरसाईकल एक आपसमा ठोक्कीदा उहाँ गभिर घाईते भई कोहलपुर मेडिकल कलेजमा उपचारार्थ हुनुहुन्थ्यो ।

उहाँको छातिमा गम्भीर चोट लागेकाले अप्रेसन गरि उपचार भइरहेको थियो । उहाँको आज बिहान ९ बजे मात्रै निधन भएको अस्पताल स्रोतले जनाएको छ । अहिले उहाँको शवलाई अस्पतालमै राखिएको छ ।

अहिले ठक्कर दिने एम्बुलेन्स वाल संगको क्षेतीपुर्ति र राहतका विषयमा छलफल चलिरहेकाले सहमति पछि दाहसंस्कार गरिने जनाईएको छ  ।

मंगलबार बिहान कोहलपुर मेडिकल कलेजबाट बिरामी लिएर नेपालगन्ज जादै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्सले से ५ प ४८४ नम्बरको बिष्टले चलाएको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकलको पछाडी सवार अनमी शोभा केसी बटालाको साही दिन ज्यान गएको थियो भने बिष्ट गम्भीर घाईते हुनु भएको थियो ।

कालिकोटको नरहरीनाथ गाउँपालिका १ कोटबाडा स्थाई घर भएका बिष्टको वि.स.२०२० साल भाद्र ५ गते जन्म भएको थियो ।

महान जनयुद्धको सुरुवात देखि ने.क.पा. (माओवादी) आन्दोलनमा प्रा.विं तहको स्थायी शिक्षक पेशा छोडि क्रान्तिमा लाग्नु भएका दण्डविक्रम विष्ट (मित्र) । राजनीतिक योग्दानबारे यहाँ उल्लेख गरिएको छ ।

उहाँको १ श्रीमती, २ छोरा, १ छोरी,२ नातिनी, १ बुहारी र आफु सहित ८ जनाको परिवार छ । भने श्रीमती अरु परिवारका सदस्यहरु कैलाली जिल्लाको घोडाघोडि नगरपालिका वडा नम्वर २ मा वस्छन ।

विष्ट भने कोहलपुरमा रहेर मेघाश्री वेच्ने डिलर्ससिपको काम गरिरहनु भएको थियो । विष्ट वि.स. २०५३ साल मंसिर १० गते माओवादी आन्दोलनमा पूर्णकालीन हुनु भयो । प्रशासनको दमन, वल प्रयोग र माओवादी आन्दोलनका कारण घर वस्न नसकिएको र माओवादी आन्दोलन पनि चर्किएकाले उहाँ स्थायी प्रा.वि.स्तरको शिक्षण पेशा छोडि जनयुद्धमा वाध्य भएर लाग्नु भएको थियो । उहाँले २०५३ साल मै पार्टी सदस्यता पाउनु भएको थियो ।

उहाँले माओवादी आन्दोलनमा थुप्र्रै महत्वपूर्ण जिम्मेवारी लिएर काम गर्नु भएको थियो ।

वि.स. २०५४ सालमा ए.सि.एम.

वि.स. २०५६ सालमा ए.सि.एस. अछाम कार्यक्षेत्र

वि.स. २०५७ सालमा डि.सि.एम.

वि.स.२०५८ सालमा जिल्लाको उद्योग विभागमा कार्यरत

वि.स.२०५८ चैत्रमा जनमुक्ति सेनाको क्षेत्रीय कार्यालयको लेखा विभागमा जिम्मा र कार्यरत

वि.स.२०५९ सालमा जनमुक्ति सेनाको सातौं डिभिजनमा भर्ना र कम्पनी कमिसार

वि.स.२०५९ सालमै सेती महाकाली व्युरो सदस्य

वि.स.२०६३ सालमा वटालियन कमाण्डर

वि.स.२०६५ सालमा विग्रेड सह– कमाण्डर (वहुवीर योद्धा विग्रेडको कार्यालय सचिव)

वि.स.२०६८ सालमा स्वइच्छिक अवकासमा वाहिर आएको त्यसपछि कैलाली जिल्लामा अनौपचारिक रुपमा पार्टी जिल्लामा जोडिएर काम गरेको

२०७० सालमा कालिकोट जिल्लामा पार्टी जिल्ला कमिटि सदस्य भएको

यसरी यत्तिका महत्वपूर्ण जिम्मेवारीमा वसेर माओवादी आन्दोलनमा योग्दान दिनु भएका पूर्व जनमुक्ति सेनाका विग्रड सह– कमाण्डर विष्टलाई सतारुढ नेकपा लगायत कुनै पनि माओवादी विचार राख्ने पार्टीहरुले उहाँको योग्दानलाई संरक्षण गर्न सकेनन् । उहाँको योग्दानलाई बेवास्ता गरिएको परिवारजनको गुनासो छ । बिष्ट प्रति ज्वाला मिडिया प्रा.लि. हार्दिक श्रदाशुमन ब्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस