कालिकाेटकाे लालिघाटमा जीप दुर्घटनाः एक मृत्यु, एक जना घाइते

जेठ २०, कालिकाेट । कालिकाेटकाे नरहरिनाथ गाउँपालिका १ लालिघाट बजारमा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको भने एकजना घाइते भएका छन ।

लालिघाटबाट नरहरिनाथ गाउँपालिकामा खाद्यान्न लिएर जादै गरेकाे जीप दुर्घटना हुँदा चालक डब्बल शाहीको घटनास्थलमै मृत्यु भएको हाे भने नरहरिनाथ गाउपालिका वडा नम्बर ३ निवासि पूणप्रसाद उपाध्याय घाईते हुनु भएको हो ।

घाईते उपाध्यायको जिल्लको स्वास्थ्य सेवा कार्यालयमा उपचार भईरहेको जनाईएको छ । रारा मानसरोवर यातायात प्रालीद्वारा संचालित जीप खाद्यान्न लिएर लालिघाट बजारबाट नरहरिनाथ गाउँपालिका जाँदै गर्दा कर्णाली करिडोर निर्माणमा खटिएको नेपाली सेनाको क्याम्प नजिकै दुर्घटना हुँदा करिब ३ सय मिटर तल खसेको स्थानीय वसन्त बुढाले जानकारी दिए ।

मृतक शाही जीपका मालिक हुनु हुन्थ्याे। उहाँ जिल्लाको रास्कोट नगरपालिका १ निवासी हुन्। भर्खरै डोजरमार्फत निमार्ण गरिएको उक्त सडकको स्थानीय प्रशासनले रुड प्रमिड पनि दिएको छैन ।

प्रतिक्रिया दिनुहोस