नेकपाले जेठ २० गते पत्रकार सम्मेलन गर्दै

गुटवाद र फुटवादका विरुद्ध संघर्ष गर्ने

१९ जेठ काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गुटवाद र फुटवादका विरुद्ध निर्मम संघर्ष गर्ने निर्णय गरेको छ ।

हालै उदयपुरमा सम्पन्न १३औं केन्द्रीय समिति बैठकले पार्टीमा देखिएको गुटवाद र फुटवादको नेतृत्व कंचन र सुदर्शनले गरेको निश्कर्ष निकालेको छ ।

वैठकले उनीहरु क्रान्तिकारी आन्दोलनवाट भागेर प्रक्रिान्तिलाई सहयोग गरेको ठमम्याई छ ।
वैठकले पार्टीले प्रयोग गरेको स्थानीय तहको निर्वाचनको समिक्षा पनि गरेको छ । नेकपाले पार्टीको नवौं महाधिवेशन आगामी असोज महिना सम्म गर्ने निर्णय गरेको छ ।

केन्द्रीय समितिको वैठकमा ५८ जना केन्द्रीय सदस्यहरुको सक्रिय सहभागीता रहको थियो । वैठक महासचिव कमरेड विप्लवको अध्यक्षतामा सम्पन्न भएको छ ।
वैठकका निर्णयहरु भोली (जेठ २० गते) दिउँसो १ बजे काठमाडौँस्थित साँस्कृतिक प्रतिष्ठान ( राष्ट्रिय नाचघर ) जमलमा पत्रकार सम्मेलनको आयोजना गरेर नेकपाले सार्वजनिक गर्दैछ । पार्टी प्रवक्ता प्रकाण्डले वैठकमा सहभागी हुन सवै पत्रकारहरुलाई आग्रह गर्नु भएको छ ।

निमन्त्रणा पत्रको पूर्ण पाठ

प्रतिक्रिया दिनुहोस