१७ भाद्र,कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एटम बिसी विहिवार कालिकोट जिल्लाको जिल्ला कारागारमा पुग्नु भएको छ ।
नेता एटमको नेतृत्वमा जिल्ला कारागार पुगेको नेकपाको नेताहरुको टिमले जिल्ला कारागारमा रहेका सम्पूर्ण कैदी बन्दीलाई भेटघाट गर्दै उनीहरुको अवस्थाको वारे जानकारी लिएको छ ।
सो अवसरमा नेता एटम लगायतको टिमले सरकारको झुट्टा मुद्धा बिस्पोटक पदार्थ तथा खरखजनाको केसमा जेल जीवन बिताइरहेका आफ्ना कार्यकर्ता दोभान र प्रकाश लाई समेत भेटेको छ ।
नेता एटमले दलाल व्यवस्थाले जनताको राज्यको माग गर्ने शक्तिलाई हिरासत लिनु ,जेल हाल्नु र मृत्यु दण्ड दिनु अनौठो नभएको र यी क्रान्तिकारीको लागि उपहार भएको वन्दीहरुको अगाडि प्रष्ट्याउनु भयोे ।
उहाँले कोही पनि यो संसारमा स्वतन्त्र नभएको भन्दै कैदी तथा वन्दीहरुलाई तपाईहरु सानो जेलमा हुनुहुन्छ र हामी वाहिर ठुलो जेलको घेरा रहेका छौ भन्नु भयो ।
उहाँले पूजीवादको उत्पीडन,शोषण दमनमा सर्वहारा श्रमजीवी परिरहेकाले त्यसवाट सधैका लागि मुक्त नभए सम्म कोही पनि ठुलो जेलवाट मुक्त नहुने ठोकुवा गर्नु भयो ।
भेटमा कैदी बन्दीहरूले आफुहरूको स्वास्थ्यमा कारागार प्रशासनले खेलवाड गरेको भन्दै स्वच्छ खानेपानी, स्वास्थ्य उपचार लगायतका विषयमा पहल गरिदिन आग्रह समेत गरेका थिए ।
नेता एटमले कैदी वन्दीहरूको मागलाई सम्बन्धित पक्ष समक्ष ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाउनु भयो ।
सो अवसरमा नेकपाले कैदी बन्दीहरुलाई खेलकुद सामग्री भलिबल र फलफुल पनि वितरण गरेको थियो ।
भेटघाटमा नेता एटम संगै जिल्ला इन्चार्ज बिराट, सेक्रेटरी रणदिप लगायतका नेता कार्यकर्ताको सहभागी रहेको थियो ।