कृतिम अभाब र कालो बजारी नियन्त्रण गर्न युवा संगठन नेपालको माग

१५ असोज, बाँके । युवा संगठन नेपालले दसै तिहारको पूर्वसन्ध्यामा कृतिम अभाव सृजना गरी कालोवजारी गर्ने माथि कडा कार्वाही गर्न माग गरेको छ ।

संगठनले केन्द्रीय कार्यक्रम अनुसार पश्चिम नेपालका बाँके ,कैलाली,अछाम,कञ्चनपुर,डडेल्धुरा, बझाङ, वैतडी,जाजरकोट लगायतका जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदै बजारमा कृतिम अभाव सृजना गरी महंगी र कालोवजारी गर्ने माथि कडा कार्वाही गर्न माग गरेको हो ।

संगठनले म्याद नाघेका गुणस्तरहीन बस्नु बेच्न बन्द गर्नु पर्ने,भ्रष्टाचार,कमिशन,सरकारी सम्पत्तिको दोहन बन्द गर्नुपर्ने,चोरी पैठारी,लागु औषधको कारोवार र सामाजिक अपराधका घटनाहरु नियन्त्रण गर्नुपर्ने माग गरेको छ ।

युवा संगठन नेपालले युवाहरुलाई विदेश जान वाध्य हुने खालका गतिविधि रोक्न र रोजगारीमुलक कामहरुमा लगाउन राज्यसंग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस