नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्षमा ३६९ मत प्राप्त गरी शाह विजयी

१५ असोज,सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको अध्यक्ष पदमा गुलाबजङ्ग शाह विजयी हुनु भएको छ । निर्वाचनमा उहाँको सिंगो प्यानल निर्वाचित भएको छ ।

अध्यक्षका उम्मेदवारद्धय मीनबहादुर शाही र प्रकाश रोकायलाई पछि पार्दै शाह ३६९ मत प्राप्त गर्दै प्रदेश कमिटीको अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
शाहका प्रतिस्पर्धी शाहीले २०७ र रोकायले ४ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै उपाध्यक्षमा टेकराज पछाइले ३४६ मत प्राप्त गरी विजयी हुनु भएको छ । उपाध्यक्षका अर्का उम्मेदवार लाल बहादुर महतराले भने १७६ मत प्राप्त गर्नु भएको छ ।

सचिव पदमा ध्रुव शाही निर्वाचित हुनु भएको छ । शाहीले ४०४ मत प्राप्त गर्नु भएको छ । सचिवका अर्का उम्मेदवार रुद्र शाहीले १६९ मत प्राप्त गर्नु भएको छ ।

उपसचिवमा रविन्द्र शर्मा निर्वाचित हुनु भएको छ । शर्माले २९९ मतसहित उपसचिवमा निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस