महिला माथिको उत्पीडन हटाउन उत्पादनको नेतृत्व गर्नुपर्छः भरत सी

१५ असोज,सुर्खेत । नेपाल कम्युनिट पार्टीका स्थायी समिति सदस्य भरत सीले महिला माथिको उत्पीडनको अन्त्य गर्न महिलाहरुले उत्पादनको नेतृत्व गर्नु पर्ने बताउनु भएको छ ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीको उत्तर,मध्य र दक्षिण कर्णाली व्यूरोको संयुक्त वैठकलाई सोमवार वीरेन्द्रनगरमा सम्वोधन गर्दै स्थायी समिति सदस्य भरत सीले महिला उत्पीडन हटाउन उत्पादनको नेतृत्व गर्नु अनिवार्य भएको वताउनु भएको हो ।

उहाँले महिलाहरुले महिनावारीका विषयमा वैज्ञानिक ढंगले सोधपत्र तयार गरी समाजमा हने विकृति र विभेदका विरुद्ध जानुपर्ने वताउनु भयो ।

नेता भरतले परम्परागत संस्कार तोडनको लागि एनजीओ,आईएनजिओको गलत तथा भ्रामक प्रचारका पछि नलाग्न पनि आग्रह गर्नु भयो ।

बैठकमा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष वन्दु सीले वर्गीय मुक्ति विना महिला मुक्ति मात्र नहुने वताउनु भयो ।

उहाँले महिलाहरुलाई नेतृत्व विकासमा सबैले प्राथमिकतामा राखेर ध्यान दिन सुझाव दिनु भयो ।

सिता सीको अध्यक्षतामा सम्पन्न वैठकमा नेकपाका मध्य कर्णाली व्यूरो इन्चार्ज विवेक र सुर्खेत जिल्ला इन्चार्ज धुव्रको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस