एच आई भि संक्रमण रोक्न जनचेतनाको विकास आवश्यक





असोज १६ कालिकोट । जिल्लामा एच आइ भि संक्रमितको उपचार र रोकथामका लागि जनचेतनाको विकास गराउन जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले वताएका छन । सुक्रवार जिल्लामा कर्णाली प्लसले आयोजना गरेको सरोकारवाल संगको वैठकका सहभागीहरुले यस्तो धारणा राखेका हुन ।
खाँडाचक्र नगरपालिकाकि उप प्रमुख बिजया बिस्टले अहिले सम्म एच.आइ.भि. का बिरामी खुल्ल नसक्नु जनचेतनाको विकास नहुनु भएको औल्याउनु भएको छ ।
उहाँले कुनै पनि रोग लाग्नु भन्दा पूर्व सर्तकता अपनाउनु पर्ने र लागि हालेको अवस्थामा नियमीत औषधि खानु पर्ने वताउनु भयो ।
उप प्रमुख बिष्टले एच आई भि संक्रमितहरुलाई घृणा नभई माया र सद्भाव दिनु पर्ने उल्लेख गर्दै संक्रमितहरुले पनि लज्जाउन नहुने र खुलेर आफ्नो समस्या भन्नु पर्ने वताउनु भयो ।
जसका लागि समाजमा थप जनचेतना फैलाउन आवश्यक भएको र आफ्नो नगरपालिका रोग नियन्त्रणका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको उहाँले वताउनु भयो ।
१७ वर्ष देखि औंषधि खादै आउनु भएका प्लसका संस्थापक अध्यक्ष एच आइ भि संक्रमित कालि बहादुर शाहीले कुनै पनि रोग लाग्दैमा मानिसलाइ घृणा गर्न नहुने वताउनु भएको छ । उहाँले समाजमा अझै पनि जनचेतनाको विकास गराउन आवश्यक रहेको वताउनु भयो । उहाँले संक्रमण हुदा नलात्तिन आग्रह गर्दै आफु संक्रमण भए देखि १७ वर्ष सम्म बाँचिरहेकोमा खुसि ब्यक्त गर्नु भयो ।
कार्यक्रममा सहभागमी अन्य वक्ताहरुले पनि वोल्दै एचआइभि संक्रमितको उपचार र रोकथामका लागि जनस्तरमा व्यापक जनचेतनाको विकास गराउन जरुरी रहेको वताएका थिए ।
जिल्लाममा हाल सम्म एच आइ भि संक्रमितको संख्या ४९ जना रहेको र जसमध्य सवै भन्दा पढि नरहरीनाथ गाउपालिकामा एच आइ भि संक्रमित रहेको आयोजक संस्थाले जनाएको छ ।
संक्रमण देखिएका मध्य २६ पुरुष र २३ जना महिला रहेका छन । उनीहरु सवै जनाले हाल सम्म कर्णाली प्लस बाट औंषधि पाइरहेको प्लसका टिम लिडर दिपक शाहीले बताउनु भएको छ । राष्ट्रिय एच आइ भि तथा एड्स रोग महासंघको सहयोगमा कार्यक्रम भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस