१६ कार्तिक, वाँके । भालुको आक्रमणवाट गम्भीर घाईते कालीकाटका २३ वर्षिय लाल वहादुर सहकारीलाई विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य भरत वम (रणवीर) ले भेटघाट गर्नु भएको छ । हाल घाईते सहकारीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सोमवार साझँ कोहलपुर मेडिकल कलेजमा पुगेर नेता वमले सहकारीको स्वास्थ्य अवस्थाको वारे जानकारी लिदै पार्टीले उपचारमा सक्दो सहयोग गर्ने वचन दिनु भयो ।
नेता वमले घटना दुखद भएको भन्दै जनावरको आक्रमणवाट घाईते सहकारीको सम्पूर्ण उपचारको जिम्मा राज्यले लिनु पर्ने भएपनि राज्य लाहचार भएको टिप्पणी भयो ।
उहाँले भेटका अवसरमा आफ्नो पार्टीले सक्भर राज्यलाई यो कुराको ध्यानाकर्षण गराउने छ र राज्यले सुनुवाई नगरे सक्दो सहयोग पार्टीले गर्नेछ भन्नु भयोे । भेटमा वमले घाईते सहकारीको पूर्ण स्वास्थ्य लाभको कामना गर्नु भयो ।
गत असोजको अन्तीम साता कालीकोटको नहरीनाथ गाउँपालिका ४ अदेला निवासी सहकारीलाई वाटोमा हिडिरहेको वेला एक्कासी भालुले आक्रमण गरेको थियो ।
आक्रणवाट अनुहार सवै चिथोलेको थियो भने अन्य भागमा पनि चिथोलेको थियो । सहकारीलाई हेलिकप्टर मार्फत उपचारका लागि सुर्खेत ल्याइएको भएपनि पछि कोहलपुर रिफर गरिएको थियो ।
यसैविच नेता वमले दाङमा भएको युुुवाको राष्ट्रिय सम्मेलनवाट फर्किदै गर्दा कार्तिक १४ गते साँझ साढे ७ वजे वाँकेको अगैयामा गाडि दुर्घटनामा परी घाईते भएका भरत परियारलाई पनि भेट्नु भएको छ ।
परियारको स्वास्थ्य अवस्था वारे जानकारी लिदै शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भयो । घाईते परियारको उपचारमा पार्टीको तर्फवाट कमि नहुने वताउनु भयो ।
परियारको खुट्टामा चोट लाग्दा हड्डी भाँचिएको छ । दुर्घटनामा उहाँ सहित चार जना घाईते भएका थिए ।