कालिकोटकी क्यान्सर पीडित महिला बेलपुराको उपचारमा समस्या,सहयोगको अपिल

१६ मंसिर, सुर्खेत । जिल्लाको रास्कोट नगरपालिका ८ बड्ढुङ्गा की क्यान्सर पीडित दलित महिला बेलपुरा टमट्टाको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।

बायाँ खुट्टामा क्यान्सर भई खुट्टानै गुमाउनु भएकी ३५ वर्षीय बेलपुरा टमट्टाको थप उपचारका लागि आर्थिक अभावले समस्या भएको हो । उहाँको अहिले प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ ।

बेलपुराको आर्थिक अभावले अस्पतालको गरिब असाहय वाडमा राखेर उपचार भइरहेको छ । उहाँको श्रीमान धनमल टमट्टा जन्मजात नै अशक्त हुनुहुन्छ ।

केही वर्ष अघि घास काट्न मेला जादा भिरबाट लडेर बेलपुरालाई चोट लागेको र समयमै उपचार हुन नसक्दा अहिले क्यान्सर भएको पत्ता लागेको हो ।
उहाँका श्रीमान धनमल टमट्टाले भन्नु भयो “अहिले एकासी बायाँ खुट्टा सुनियो, पीप र रगत बग्न थाल्यो, किरा परेपछि प्रदेश अस्पताल सुर्खेतमा ल्याएका थियौ । डाक्टरले क्यान्सर भएको भन्नुभयो । घुडादेखि तल काट्नु पर्यो ।” उहाँले १० हजार रुपैया मात्र घरबाट ल्याएको र अहिले सबै सकिएकाले उपचारमा समस्या परेको दुखेसो पोख्नु भयो ।

श्रीमान् धनमलले श्रीमतीको उपचारका लागि सक्दो आर्थिक सहयोग गरिदिन देश विदेशमा रहेका सबै नेपालीहरुलाई सार्वजनकि अपिल गर्नु भयो ।

उहाँले सहयोगका लागि धनमल टमट्टाको नाममा ग्लोबल आइएमई बैंक रास्कोट शाखामा रहेको खाता नम्बर १३७०७०१०००८४६८ मा रकम जम्मा गरिदिन अनुरोध गर्नु भयो ।

बेलपुराको उपचारमा आर्थिक सहयोग गर्न चाहने व्यक्तिले धनमलको मोवाईल नम्बर ९८६८५०४२११ मा सम्पर्क गरी आवश्यक सहयोग समेत गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस