जन्मदिनमा खर्चिने रकमले पत्रकार मल्ल द्धारा वादी समुदायलाई खाद्यान्न वितरण

चैत २१, गते कालिकोट । प्रेस संगठन नेपालका केन्द्रीय सदस्य कालीबहादुर मल्लले आफनो जन्मदिनमा खर्चिने रकमले कालिकोटकाे मान्ममा रहेका अति विपन्न वादि समुदायहरुलाई खाद्यान्न वितरण गर्नु भएको छ ।

विश्वभरि फैलिएको कोरोना भाइरस संकमण हुन नदिन सरकारले गरेको लकडाउनले दैनिक ज्वाला मजदुरि गरि खाने अतिविपन्न मान्मका वादि समुदायहरु भोकमरिको समस्याले छटपटिन नपरोस् भन्दै घरमै गएर खाद्यान्न वितरण गर्नु भएको हाे ।

पत्रकार मल्लले होटल तथा रष्ेटुरेन्टमा फजुल खर्चगर्न भन्दा यस्ता समस्यामा परेका समुदायहरुको लागि सानो भएपनि सहयोग गरेको उहाँकाे भनाई छ ।

सानो सहयोग भएपनि राज्यका अन्य निकायहरुलाई सन्देश र खवरदारि गराउन खाद्यान्न वस्तु चामल, तरकारि लगायतका वस्तु वितरण गरेको हुँ । यति वस्तुले त, विपन्न वादिसमुदायहरको चुलोमा सधैँ आगोत वल्दैन, तर अन्य निकायहरुले यस्ता दैनिक ज्याला मजदुरि नगरि खान नपुग्ने समुदायहरुको समस्यालाई राज्यका अन्य निकायहरुले ध्यान दिनु पर्नेमा उहाँले जाेड दिनु भयाे ।

आफु मानव अधिकार कर्मि तथा पत्रकारको नाताले पनि यस्तो संकटको वेला समस्यामा परेका नागरिकहरूको साथमा रहने बताउनु भयाे । खाद्यन्न संगै पत्रकार मल्लले स्वास्थ्यकर्मि साथमा लिएर उनिहरको स्वास्थ्य परिक्षण पनि गरिएको थियाे ।

आविस्कार मेडिकलका स्वास्थ्यकर्मि दिपक शाहीले मल्लको तर्फवाट वादी समुदायहरुको स्वास्थ्य चेकजाँच गरि उनिहरुलाई ज्वोरो नाप्ने थमार््मिटर पनि हस्तान्त्रण गर्नु भएकाे थियाे । अव उनिहरुले जतिखेर पनि ज्वारो नाप्न सक्ने छन ।

खाद्यान्न वस्तु वुझ्दै कौशिला वादीले आज सरकारले लकडाउन गरेको ११ औं दिन पुरा भयो । हामि जस्ता दैनिक ज्वाला मजदुरि गरि खानेहरको अवस्था दयनिय छ । यस अवस्थालाई वुझ्नन स्थानीय सरकार आयो नत कोहि संघ संस्था तर आज तपाईको जन्मदिनले भोको पेट भरिने भयो भन्दै उहाँले जन्मदिनको शुभकामना संगै धन्यवाद पनि दिनु भएकाे थियाे ।

खाद्यान्न वितरणमा पत्रकार मल्ल संगै प्रेस संगठन कालिकाेटका संयाेजक भरतराज विस्ट, प्रेस युनियान कालिकाेटका अध्यक्ष नमराज योगि र पत्रकार विश्वनाथ सिम्खाडाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस