चैत्र २०, काठमाडौं । अल्जेरियाका राष्ट्रपति अब्दुलअजिज बुतेफ्लीकाले पदबाट राजीनामा दिनुभएको छ ।
अल्जेरियाको सरकारी समाचार संस्थाका अनुसार अब्दुलअजिजको विरुद्ध देशभर विशाल प्रदर्शन भएपछि उहाँले राजीनामा दिनुभएको हो । अल्जेरियाका प्रदर्शनकारीले राजनीतिमा आमूल परिवर्तनको माग गर्दै उहाँको पदबाट राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रेका थिए ।
२० वर्ष लामो समय सत्तामा रहनुभएका अब्दुलअजिजले भने आगामी अप्रिलमा हुने चुनावमा नलड्ने र त्यस लगतै पद छोड्ने बताउनुभएको थियो । तर, प्रदर्शनकारी नियन्त्रणभन्दा बाहिर गएपछि उहाँले मंगलबार नै राजीनामा दिनुभएको जनाएको छ ।