कञ्चनपुरमा थप दुई संक्रमितको मृत्यु

२० वैसाख,धनगढी । कञ्चनपुरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका १३ र १९ का दुई जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाका अनुसार वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमै बसेकी एक महिलाको आइतबार राति मृत्यु भएको हो ।

भीमदत्त नगरपालिका १९ का ३७ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार राति अस्पताल ल्याइएको थियो ।
उहाको राति करिब साढे तीन बजेतिर मृत्यु भएको डा. रोकायाले बताउनु भयो ।

यस्तै, एक हप्ताअघि नातिनीको विवाहमा सरिक भएकी भीमदत्त नगरपालिका १३ की ७४ वर्षीया महिलाको आइतबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पताल पुर्याईनु भएकी उहाको उपचारका क्रममा मृत्यु भएको कोभिड सम्पर्क व्यक्ति डाक्टर रोकायाले जानकारी दिनु भयो ।

आइतबार नै अस्पतालमा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उहामा कोरोना संक्रमण पुष्टि भएको थियो । पारिवारिक स्रोतका अनुसार उहा वैशाख १३ गते नातिनीको विवाहमा सरिक हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस