बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु


२० वैशाख,  बाँके । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज मेडिक कलेजमा दुई जना र भेरी अस्पतालमा एकजना गरी तीन जनाको मृत्यु भएको हो ।

नेपालगञ्ज मेडिकल कलेजमा बाँकेको कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–५ की ३३ वर्षीया महिलाको मृत्यु भएको उहाले बताउनु भयो ।

६० वर्षीय पुरुषमा वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण भएकै दिन अस्पतालमा भर्ना हुनु भएका उहनको उपचारको क्रममा सोमबार विहान १ वजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि वैशाख १६ गते अस्पताल भर्ना भएकी ३३ वर्षीया महिलामा वैशाख १९ गते संक्रमण पुष्टि भएको थियो । उहाको उपचारको क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको ओलीले बताउनु भयो ।

खजुरा गाउँपालिका–७ बाँकेकी ३२ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान ९ः३० बजे मृत्यु भएको ओलीले बताउनु भयो । वैशाख १० गते गरिएको परीक्षणमा उहामा संक्रमण पुष्टि भएको थियो ।

यसअघि सोमबार बिहान मात्रै बाँकेमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो भने आइतबार राति एकजनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस