२० वैसाख, वाँके । नयाँ भेरियन्टको रुपमा तीव्र गतिले फैलिएको कोरोना संक्रमणबाट बाँकेमा दिनहुँ मृत्युदर बढिरहेको छ । बाँकेमा २४ घण्टाभित्र १२ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाँकेका १० र बर्दियाका २ जना रहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ निवासी ६० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ । भेरी अस्पतालमा सोमबार दिउँसो २ः३० बजेतिर मृत्यु भएको हो । भेरी अस्पतालमा यही बैशाख १७ गते पिसिआर परीक्षण गर्दा उहालाई कोरोना पोजेटिभ भएपनि सोमबार भर्ना हुनु भएको थियो ।
यस्तै बर्दिया, बढैयाताल–८ का ३२ वर्षीय पुरुषको पनि भेरी अस्पतालमै मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा बैशाख ८ गते पिसिआर परीक्षण गर्दा उहालाई कोरोना पोजेटिभ देखिएको थियो ।
त्यसपछि उहा बैशाख १४ गते भेरी अस्पतालमा भर्ना भएकोमा सोमबार दिउँसो सवा १ बजेतिर मृत्यु भएको हो ।
यसैगरी कोरोना संक्रमणबाट बाँके, खजुरा गाउँपालिका ७ की ३२ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । उपचारका क्रममा उहाको सोमबार बिहान साढे ९ बजेतिर मृत्यु भएको हो ।
यही बैशाख १० गते बागेश्वरी ल्याबमा पिसिआर परीक्षण गराउँदा उहालाई कोरोना पोजेटिभ भएपछि उहा बैशाख १६ गते भेरी अस्पतालमा भर्ना हुनु भएको थियो ।
खजुरा २ कै ३२ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा उहाको सोमबार बिहान साढे ८ बजेतिर मृत्यु भएको हो ।
नेपालगन्ज मेडिकल कलेजमा यही बैशाख ५ गते पिसिआर परीक्षण गर्दा उहालाई कोरोना पोजेटिभ भएको थियो । त्यसपछि उहा बैशाख ७ गते भेरी अस्पतालमा भर्ना हुनु भएको थियो ।
त्यस्तै बर्दिया, बढैयाताल गाउँपालिका ८ का ४७ वर्षीय पुरुषको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा उहाको सोमबार बिहान ६ः३० बजेतिर मृत्यु भएको हो ।
भेरी अस्पतालमा यही बैशाख १७ गते पिसिआर परीक्षण गर्दा उहालाई कोरोना पोजेटिभ भएको थियो । त्यसको भोलीपल्ट उहा भेरी अस्पतालमा भर्ना हुनु भएको थियो ।
बाँके, बैजनाथ गाउँपालिका ५ की ३३ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा यही बैशाख १६ गते भर्ना हुनु भएकी उहालाई १९ गते कोरोना पुष्टी भएको थियो । स्वास्थ्यमा सुधार नआएपछि सोमबार बिहान ६ बजे मृत्यु भएको हो ।
त्यसैगरी नेपालगन्ज–१ का ६६ वर्षीय पुरुषको मृत्यु भएको छ । भेरी अस्पततालमा उहाको उपचारका क्रममा सोमबार बिहान ४ बजेतिर मृत्यु भएको हो । भेरी अस्पतालमा यही बैशाख १५ गते भर्ना हुनु भएका उहालाई भोलीपल्ट कोरोना पोजेटिभ देखिएको थियो ।
नेपालगन्ज–३ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ । भेरी अस्पतालमा यही बैशाख ६ गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ भएपछि उहा भोलीपल्ट अस्पतालमा भर्ना हुनु भएको थियो ।
स्वास्थ्य अवस्था गम्भिर भएपछि उहाको सोमबार बिहान साढे ३ बजेतिर मृत्यु भएको हो ।बैजनाथ गाउँपालिका ८ बाँकेकी ६० वर्षीया महिलाको मृत्यु भएको छ ।
नेपालगन्ज मेडिकल कलेजमा आइतबार पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । सोही दिन अस्पतालमा भर्ना हुनु भएकी उहाको आइतबार राती सवा १ बजेतिर मृत्यु भएको हो ।
त्यस्तै कोहलपुर नगरपालिका १५ का ६० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा उहाको आइतबार राती १ बजेतिर मृत्यु भएको हो । मेडिकल कलेजमा बैशाख १७ गते पिसिआर परीक्षण गराउँदा उहालाई कोरोना पोजेटिभ भएपछि सोही दिन अस्पतालमा भर्ना हुनु भएको थियो ।
नेपालगन्ज–५ का ४८ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा आइतबार राती सवा ९ बजेतिर मृत्यु भएको हो । भेरी अस्पतालमा यही बैशाख ८ गते उहालाई कोरोना पोजेटिभ देखिएपछि बैशाख १४ गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना हुनु भएको थियो ।
बाँके, खजुरा ४ का ८२ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेजमा शनिबार भर्ना भएका उहाको आइतबार पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो ।
स्वास्थ्यमा सुधार नआएपछि सोही दिन बेलुकी ७ बजेतिर मृत्यु भएको हो ।
यस सँगै बाँकेमा कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या १ सय ३८ र बाहिरी जिल्लाका मृतक संख्या १ सय २३ पुगेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिनु भयो । ‘अहिलेको महामारीमा अन्य कुनै रोग नभएका धेरै ब्यक्तिको कोभिड संक्रमणका कारण मृत्यु भएको छ,’ उहाले भन्नु भयो ।