नेकपा कालिकोटको बैठक जारी, राजनीतिक प्रतिवेदन प्रस्तुत गरिदै

१७ भाद्र, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकाेटकाे बैठक आजबाट सुरु भएको छ । बैठकमा केन्द्रीय समितिको चौथो पूर्ण बैठककाे राजनीतिक प्रतिवेदन र परिपत्र प्रस्तुत गरिएको छ ।

सहिद स्मृति गाउँपालिकाकाे खुलालुमा चलिरहेको ७ औं पुर्ण बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली मुक्तिमोर्चाका संयोजक विराट सी, मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सी, नेकपा केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवान् सी, नेकपा केन्द्रीय सदस्य तथा निर्माण विभाग प्रमुख अविचल सीकाे आतिथ्यता रहेकाे छ ।

बैठकले पार्टीको आगामी कार्यक्रम र समाजवादी मार्चाको थप कार्यक्रम तयार गर्ने, एमसिसी विरूद संघर्षको कार्यक्रम तयार गर्ने छ ।

यस्तै वैठकमा समाजवादी मोर्चा नेपालमा समाजवाद ल्याउने उद्देश्य राखेर बनाएको विषयमा पार्टी भित्र पनि व्यापक छलफल हुने र यसलाई जनता सम्म लैजान यसको महत्व वुझाउने कुरामा छलफल हुनेछ ।

बैठकमा जिल्ला समिति सदस्यहरूले आआफ्नो कार्यक्षेत्रकाे रिपोर्टिङ गर्नेछन । बैठक साेमबारसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस