१८ भाद्र, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीले कालिकोटकाे तिलागुफा नगरपालिकाका युवाहरूलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।
मंगलबार नेकपाका केन्द्रीय सदस्य डिआर सीले कालिकोटकाे तिलागुफा नगरपालिकाकाे जुविथा गाउँका युवाहरूलाई खेलकुद सामग्री हस्तान्तरण गर्नुका साथै टाेल सरसफाइ समेत गर्नुभएको हो ।

सो अवसरमा नेपाली काँग्रेसका महासमिति सदस्य टेकराज शाही, नेकपा एमाले प्रदेश कमिटी सदस्य सीता शाही, वडा अध्यक्ष प्रवलाल शाही, नेपाली काँग्रेस लिलागुफा नगर सभापति धिरेन्द्र थापा र नेकपा एमालेका नेता चन्द्र बहादुर शाही लगायत युवाहरूको सहभागिता रहेको थियो ।
खेलकुद सामाग्री वितरण तथा सरसफाइ कार्यक्रममा वडा अध्यक्ष प्रवलाल शाही लगायतका व्यक्तिले नेकपाकाे यस्ता सामाजिक कार्यकाे लागि धन्यवाद दिनुभएको थियो ।
नेकपाका केन्द्रीय सदस्य डिआर सीले युवाहरूलाई मनोरञ्जन प्रदान गर्ने र खेलकुद मार्फत राष्ट्रकाे लागि याेग्दान गरून् भनेर खेलकुद सामग्री हस्तान्तरण गरिएको बताउनु भयो । उहाँले खेलकुद सामाग्री हस्तान्तरण र सरसफाइ कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भयो ।