नेकपाको ऐतिहासिक नवौं महाधिवेशन काठमाडौमा हुदै, तयारी अन्तीम चरणमा

१८ भाद्र काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीको आगामी असोज १ गते काठमाडौमा उद्घाटन हुने ऐतिहासिक नवौं महाधिवेशनको तयारी देशभर व्यापक रुपमा भइरहेको छ ।

महाधिवेशनलाई भव्य, सभ्य र उत्सवका रुपमा मनाउन नेकपाले आफ्नो सम्पूर्ण तयारी अन्तीम चरणमा पुर्याएको जनाएको छ ।
नेकपाले “ऐतिहासिक नवौँ महाधिवेशनलाई भव्यरूपले सफल पारौं, एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं”भन्ने मुल नारा बनाएर देशभर वालपेन्ङ्गि समेत गर्ने काम जारी राखेको छ ।

पार्टी महासचिव नेत्रविक्रम चन्द (विप्लव)को फोटो सहित पर्चा,पोष्टर बनाएर नेकपाले देशभरका घर र पर्खालका भित्ता– भित्ताहरुमा महाधिवेशनका पोष्टरहरु टाँसेको छ । यस्तै महाधिवेशनका नारा समेत भित्ताहरुमा लेखिएका छन ।

 

सरकारले तीन बुँदे सहमतिको उल्लंघन गर्दै महासचिव विप्लव सहितका नेताहरुलाई पक्राउ पुर्जी जारी गरिरहेका वेला नेकपाले आफ्नो महाधिवेशन जस्तो सुकै चुनौतीका बीच पनि सफल पार्ने उद्घोष गरेको छ ।

महाधिवेशनको तयारी अन्तरगत देशभरका जिल्लाहरुमा नेकपाले जिल्ला सम्मेलनहरु गरिरहेको छ । देशका अधिकाँस जिल्लाहरुमा सम्मेलन सम्पन्न भएका छन भने नयाँ नेतृत्व निर्वाचित भएका छन ।

जिल्ला सम्मेलनहरुले महाधिवेशन प्रतिनिधिहरु समेत चयन गर्ने काम गरेका छन । महाधिवेशन तयारीका लाग पार्टीका जनवर्गीय संगठनहरु समेत तयारीका काममा तिव्र रुपमा लागेका छन ।

सरकारले जवर्जस्त आफ्नो पार्टीलाई युद्धमा धकेल्ने प्रयास गरेपनि तीन बुँदे सहमति कार्यान्वयको लागि महाधिवेशनले दबाव सृजना गर्ने नेकपाले अनुमान गरेको छ ।

नेकपाको आठौ महाधिवेशन सम्पन्न भएको ५ वर्ष पुगिसकेकाले पनि नवौं महाधिवेशन अव गरिसक्नु पर्ने वाध्यता छ । महाधिवेशनले नयाँ नीति र नेतृत्व संगै आगामी क्रान्तिको कार्यदिशा वनाउने अनुमान गरिएको छ । महाधिवेशन विशेष गरी वैचारिक वहसको थलो बन्ने प्रतिनिधिहरुको वुझाई छ । एमाले ,कांग्रेस र माओवादी केन्द्रले गरे जस्तो विचार वहिन नेतृत्वको हानथापका लागि मात्र गर्ने महाधिवेशन नेकपाको नहुने राजनैतिक विश्लेषकहरुको वुझाई छ ।

अहिले देशमा भइरहेको दलाल संसदीय व्यवस्थाको असफलता र त्यस प्रति देखिएको तिव्र जनताको वितृष्णाले अवको राजैतिक संकटको निकाश वैज्ञानिक समाजवाद भन्दा अर्को नभएको नेकपाको निश्कर्ष छ । तर नेकपाको वैज्ञानिक समाजवादमा पुग्ने बाटो भने कुन हुने ? कसरी पुग्ने ? तयारी के कसरी गर्ने ? भन्ने बारे महाधिवेशनमा तिव्र वहस हुने छ ।

नेकपाले आठौं महाधिवेशन बाट एकीकृत जनक्रान्तिको कार्यदिशा पास गरेर केही सफलता प्राप्त गरेपनि थप कार्यदिशाको विकासमा वहस हुने सो पार्टी निकट नेताहरुले वताएका छन ।

महाधिवेशनमा पार्टीका महासचिव विप्लवले ‘राजनैतिक प्रतिवेदन तथा नीति र कार्यक्रम’ नाम प्रस्ताव पेश गर्नु हुने छ । यो राजनैतिक प्रतिवेदन नेकपाले अध्ययनका लागि प्रत्यक जिल्ला कमिटि सम्म पठाई सकेको छ ।

राजैतिक प्रतिवेदनले विशेष गरी अन्तर्राष्ट्रिय परिस्थिति,राष्ट्रिय परिस्थिति,कम्युनिष्ट आन्दोलनको समिक्षा,आठौै महाधिवेशनको समिक्षा, पार्टीका महत्वपूर्ण संश्लेषण, कार्यक्रम, कार्यदिशा, रणनीति र कार्यनीति, वैज्ञानिक समाजवादी व्यवस्थाका समग्र नीति र पार्टीको आगामी योजना भन्ने मुल शिर्षकहरुमा नयाँ विश्लेषण गर्दै नयाँ निश्कर्ष दिने प्रयास गरेको छ । यो प्रतिवेदन नवौं महाधिवेशनका प्रतिनिधिहरुले पारित गरेपछि लागु हुनेछ ।

नवौ महाधिवेशन गत माघ महिना भित्रै गर्ने तयारी गरेपनि कोभिडका कारण नेकपाले आफ्नो महाधिवेशन असोजका लागि सारेको थियो । त्यतिवेला नेकपालाई कोभिडको चुनौतीले महाधिवेशन गर्न अफ्ठेरो परेको थियो भने अहिले सरकारले नै तीन वुँदे उल्लंघन गरेर पक्राउ पुर्जी जारी गरिरहेका वेला नयाँ चुनौती थपिएको छ ।

नेकपाले महाधिवेशनलाई भव्य र सभ्य रुपमा सफल वनाउन देशका सवै क्रान्तिकारी जनता, कम्युनिष्ट पार्टी,वापपन्थी,तथा प्रगतिशील एवम राष्ट्रवादी शक्तिहरुलाई सहयोगको अपिल समेत गरेको छ ।

नेकपाले अहिले देशभित्र र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत गम्भीर ऐतिहासिक महत्वका घटनाहरू भएको जनाउदै यसबीचमा महान् जनयुद्ध र जनआन्दोलनको जनादेश र जनभावनाका विरुद्ध राष्ट्रियता, जनजीविका र जनतन्त्रमाथि गम्भीर आघात पुगेको ठहर गरेको छ ।

नेकपाले महान् जनयुद्धको क्रममा जनताले चिहानको डिलमा पु–याएको दलाल संसदीय व्यवस्थालाई प्रचण्ड–बाबुरामको आत्मसमर्पण, दलाल पुँजीपति वर्गको षड्यन्त्र र साम्राज्यवादको आडमा पुनः लादिएको आरोप लगाएको छ ।

नेकपाले यो बीचमा सरकारले गरेका गलत क्रियाकलापको भण्डार गर्दै दलाल संसदीय व्यवस्थाले गरेका राष्ट्रघाती अरुण ३, माथिल्लो कर्णाली, विराटनगरमा राखिएको अवैध भारतीय वाणिज्य दुतावास, सञ्चारसेवा प्रदायक बहुराष्ट्रिय कम्पनी एनसेलको करछली, भारत–चीनबीच भएको लिपुलेक सहमति, ललिता निवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण, वाइड बडी काण्ड, लिपुलेक–लिम्पियाधुरा अतिक्रमण, महिला तथा जातीय हिंसा, मानव तस्कर विरुद्धको सङ्घर्ष, भ्रष्टाचार, महँगी, कालोबजारी, तस्करी, विचौलिया लगायत राष्ट्रघात तथा जनघातका विरुद्ध एकल तथा संयुक्त पहलमा संघर्षको नेतृत्व गरेको दाबी गरेको छ ।

नेकपाले एक अपिल मार्फत भनेको छ “जनतामाथि भएका अनेकौं अन्यायका विरुद्ध जनताको न्यायालय गठन गरेर स्वच्छ– न्याय दिलाउने काम गर्यो । विभिन्न क्षेत्रका व्यवसायी मित्रहरूले राजनैतिक, आर्थिक, नैतिक सहयोग उपलब्ध गराउनु भयो । हामीलाई प्राप्त जनसमर्थन र दलाल संसदीय व्यवस्था नाङ्गिदै गएको कारण तत्कालीन केपी ओली नेतृत्वको सामाजिक फासिवादी सरकारले हाम्रो पार्टीमाथि आफ्नै संविधानको समेत धज्जी उडाउँदै प्रतिबन्ध लगायो । १२ जना होनहार युवाहरूको हत्या गर्यो । नेता कार्यकर्तामाथि झुठ्ठा मुद्दा लगाइयो, सयौं गिरफ्तार भए । दर्जनौं कार्यकर्ता र जनता घाइते बनाइए तर सरकारको दमनको प्रयास असफल भयो ।”

नेकपाले त्यसपछि सरकार आफु संग वार्ता गर्न र तीन बुँदे सहमति गर्न वाध्य भएको भन्दै २०७७ फागुन २१ गते नेपाल कम्युनिस्ट पार्टी र सरकार बीच ३ बुँदे सहमति भएको जनाएको छ ।

नेकपाले विश्वले झेल्नुपरेको पुँजीवादको सहउत्पादन कोभिड–१९ विरुद्ध जनसेवा अभियानहरू सञ्चालन गर्ने, एमसीसीको नाममा देशलाई नवऔपनिवेशिक जञ्जालमा फसाउने षड्यन्त्र विरुद्धको सशक्त आन्दोलनको नेतृत्व गर्ने जस्ता कामहरु पनि पार्टीले गरेको दावी गरेको छ ।

नेकपाले त्यसक्रममा सयौं नेता–कार्यकर्ता घाइते भए, झुठ्ठामुद्दा लगाइयो, यसैबीचमा नेकपाले ताप्लेजुङ, सिन्धुली, धादिङ, कालिकोट, सर्लाही, चितवन, रोल्पा, कपिलवस्तुलगायत स्थानहरूमा जनसेवा र विकासका पूर्वाधार निर्माण गर्यो । आत्मनिर्भर अर्थतन्त्र निर्माण र सत्तालाई जनतासँग जोड्ने, प्रतिक्रान्तिको जरैदेखि उपचार गर्ने उद्देश्य लिइएको अर्थनीतिको भूरूणको रूपमा जनकम्युन र देशैभरी उत्पादन कार्य शुरु गरियो । ‘बिहानीले दिनको छनक दिन्छ’ भनेझैं यी नेकपाकाका महत्वपूर्ण उपलव्धीहरू हुन् भनेको छ ।

नेकपाले आठौं महाधिवेशनले विकास गरेको विचार शृङ्खलामा आफ्नो आत्मविश्वास फराकिलो भएको र त्यसलाई अझ उच्चस्तरमा संश्लेषण गर्नुपर्ने ठहर गरेको छ ।

नेकपाले चुनाव प्रयोगको कार्यनीति, जनमतसङ्ग्रहको कार्यनीतिले समाज र पार्टीभित्र तरङ्ग पैदा संगै, पार्टीमा गति पैदा गरेको र यसलाई अझ उचाईमा संश्लेषण गर्नुपर्ने उल्लेख गर्दै भनेको छ “एमसीसी पारित भएलगत्तै अमेरिकी नेतृत्वमा देशको सार्वभौमिक अखण्डता नै मिच्ने, छिमेकीसँग द्वन्द्व बढाएर युक्रेन–त्रासदी थोपरिएको छ । देश आर्थिक संकटतर्फ धकेलिएको छ । यस्तो सङ्गीन घडीमा हाम्रो पार्टीको नवौँ महाधिवेशन असोजमा काठमाडौँमा सम्पन्न गर्न गइरहेका छौँ । ”

नेकपाले महाधिवेशन एकीकृत जनक्रान्तिको कार्यदिशा, विश्व कम्युनिस्ट आन्दोलनको दिशा, वर्गसङ्घर्षको उत्थान र राष्ट्रिय मुक्ति आन्दोलनको विकासमा कोषेढुङ्गा हुने दृढ विश्वास व्यक्त गर्दै महान् कार्यमा आ–आफ्नो क्षेत्रबाट सहभागी हुन र सहयोग गर्न सवैमा हार्दिक अपील गरेको छ ।

नेकपाकाे अपिल यस्ताे छः

 

प्रतिक्रिया दिनुहोस