दसैं तिहारमा कोरोना थप फैलिने खतरा, सर्तक रहन विज्ञको आग्रह


असोज १७ गते कालिकोट । दसैं तिहारको समयमा देशभर कोरोना फैलिने उच्च खतरा भएको छ । मानिसहरु देश विदेश वाट आवत जावत गर्ने तथा भेटघाट हुने भएकाले कोरोना फैलिने उच्च खतरा वढेको हो ।
यो वेला विज्ञहरुले उच्च सर्तक भएर चार्डवाड मनाउन आग्रह गरेका छन । उनीहरूले चार्डबाडका बेला संक्रमण विस्तार हुन नदिन विशेष रणनीति आवश्यक रहेको सुझाव दिएका छन ।
विज्ञहरुको काठमाण्डौ उपत्यका सहित मुलुकका अन्य भागमा पनि व्यापक रूपमा पीसीआर परीक्षण गर्नुपर्ने सुझाव छ । चार्डबाडका बेला राजधानीमा बस्नेहरू बाहिर जाँदा त्यहाँका स्थानीयलाई सार्ने र चार्डबाड पछि पुनः राजधानी फर्कंदा संक्रमण ल्याउने जोखिम रहेको विज्ञहरूको भनाइ छ ।
कोभिड संक्रमण राजधानी बाट देशभरि विस्तार हुने जोखिम बढेको ईडीसीडीका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेको भनाई छ  । विज्ञहरूले चार्डबाडका बेला संक्रमण झन् बढ्ने चेतावनी दिएका छन्। । अहिले काठमाण्डौ बाट अन्य जिल्लामा संक्रमण विस्तार हुने अति उच्च जोखिम देखिएको ईडीसीडीका पूर्वनिर्देशक डा.जीडी ठाकुरले बताउनु भएको छ  । ‘राजधानीबाट अन्य जिल्लामा संक्रमणको विस्तार एकै पटक बढी आएजस्तै हुनेछ,’ उहाँले भन्नु भयो ‘यो स्थितिलाई विशेष जनस्वास्थ्यको रणनीति अपनाई समाधान गरिएन भने मुलुक कोभिड संक्रमणको चक्रबाट उम्कन सक्दैन ।’


कुनै स्थान विशेषमा अत्यधिक केस देखिए कम्तीमा १५ दिनदेखि अधिकतम एक महिनासम्म स्मार्ट लकडाउन, टोल स्थान विशेषमा आइसोलेसन र जनचेतना अभिवृद्घि आवश्यक रहने उहाँको भनाइ छ । विज्ञहरूले चार्डबाडमा राजधानी बाहिर जाँदा स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार मास्क, सेनिटाइजर लगाउने र निरन्तर हात धुने जस्ता उपायहरु अपनाउन सुझाव दिएका छन  । कोभिड भाइरस दसैं–तिहारको समयमा राजधानीबाट गाडी चढेर देशका अन्य जिल्ला पुग्ने जनाउँदै ईडीसीडीका अर्का पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भन्नु भयो ‘मुलुकलाई जोगाउन अब दैनिक युद्धस्तरमा ४० देखि ५० हजार पीसीआर परीक्षण गर्नुपर्छ । पैसा तिर्नुपर्ने परीक्षणमा पनि शुल्क ७५० रुपैयाँ भन्दा बढी हुनुहुँदैन ।’
देशभर सहज र न्यून मूल्यमा परीक्षण उपलब्ध भएमा संक्रमण विस्तारमा कमी ल्याउन सकिने उहाँको भनाइ छ । यो समाचार तयार पार्दा सम्म देशभर ८२४५० कोरोना संक्रमित भइसकेका छन । जसमध्य ६०६९५ निको भएका छन । कोरोनाका कारण सुर्खेतका एक चिकित्सक सहित ५२० जनाको ज्यान गइसकेको छ । कोरोना नियन्त्रणको लागि सरकारले आफ्नो काम थप प्रभावकारी गरेन भने देश झन भयावह हुने विज्ञहरुले चेतावनी दिएका छन ।

प्रतिक्रिया दिनुहोस