थलो

रमेश रावत “विक्रान्त”

हलो बोक्दै
थलो तिर गए
थलो खोसिएको
थाहा भएन बाबालाई
अब थलो खोसिएको
हलोको के काम ?
“इच्छा ”छन् त थियो नि !
सपनाका बीउ छरेर
रहरका बालाहरु झुलाउने
मिठासका दाना फलाउने
अपसोच ! दलाली युगमा
स्वाद अर्कैले चाक्छ भने
फाली थिचेर बनाई तरबार
बेकारको जिब्रो काट्छु अब
स्वादहिन जिब्रोको के काम ?
उडुस बस्ने महल हैन ।
मेरो “झुपडी”
आफ्नै रहरका सपनाहरूले
धनी अनि भरिपूर्ण छ
लोप छैन भने मलाई
नदेखाउ लालजको के काम ?
आफ्नै अस्तित्व छ
स्वाधीन ,इतिहाँस छ
मेरो गृह थलोको
देख्न सक्दैन म अर्काको
“कावु”र अधीनमा रहेको
मलाई चाहिदैन अब
बैरीको प्रकृतिलाई
दावानल नपार्ने
बाबाको के काम ?

रमेश रावत “विक्रान्त”

प्रतिक्रिया दिनुहोस