राज्यको अरबौ रकम र पावरमा गरिएको कथित उपनिर्वाचन को कुनै अर्थ छैन

यतिबेला हामी धेरै उत्साहित हुन जरुरत छैन । खहरे भेल र मुलमा धेरै अन्तर छ । पैसा र पावर मा गरिएको चुनावले खासै अर्थ राक्दैन केही सत्तामा जानेहरु त खुसिनै होलान । जुन भोटर हुन भोलि खाडीको पासपोर्ट बोकेर जानुपर्ने उहि साउदी, कतार,मलेसिया जस्ता खाडीमा तपाईं हरुको माग भैसकेको छ । गाडीको पेट्रोल पनि सकियो होला अनि मासु रक्सीको नसापनी सकियो अब रित्तो हुनु बाहेक अरु सबै भ्रम हो किन भने यो निर्वाचन बाट प्राप्त उपलब्धि त्यो बाहेक हरु केहि छैन ।

प्लेन जति माथी आकाशमा उडेपनी अन्तत लेन्डिङ गर्नुपर्ने पृथ्वीमा नै हो । तसर्थ हामीले यहाँनेर धेरै खुसिहुन जरुरत छैन। आफ्नो बिहान बेलुका कसरी पेट्पाल्ने तिर सोचौ । वाईयात बिषयमा धेरै प्रचार गर्नु उपयुक्त हुदैन । मेरो आफ्नो अनुभव भन्ने हो भने अहिले सम्म मैले कुनै पनि राजनीतिक दललाई भोट हालेको छैन । सायद म जस्तो कमै होलान यंहा र भोट हाल्नपनी जरुरत छैन । हामीले हिजोबाट हेर्दै आएका छौ हामिले सत्तामा पाठाएका हरुले आहिले भुलिसके सबै कुरा जब चुनाव आउँछ अनि मात्रै सम्झिन्छ्न ।

तत्लो घर माथिल्लो घर तेसो भएको हुदा कस्ले कसरी जित्यो भन्ने कुराको एकिन गर्नुहोस् राज्यको अरबौ रुपैयाँ लगाएर सत्तामा गएकाले जनताको समसामयिक विषयलाई कहिले पनि संम्झिदैनन र ध्यानमा राख्दैनन । राख्छन् त कसरी करोडौं कमाउने नाता गोता आफन्त व्यवस्थापन गर्ने जस्तै दाइ भाइ बुहारी भतिजा अन्य साइनोले भेटेसम्मकालाई लाई मात्रै हाे । भोटरलाई त प्रयोग गर्छ्न छोड्छ्न । तैसैले आफुले दिएको महत्त्वपूर्ण भोटलाई सहि ढंगले प्रयोग गर्दैनन भने भोट दिएको कुनै अर्थ छैन ।

यो मात्रै हुन्छ त केवल रक्सी ,मासु,पेट्रोलमा सिमित हुन्छ बिदेसमा गएर सिपसिकेर आएका कैयौं बेरोजगार युवाहरु छ्न । हाम्रो देशमा धेरै सिप सिकेर नेपालमा आएका ती युवालाई नेपालमै रोजगारी को व्यवस्था खोइ ? के सिमित चुनाव मात्रै संम्झिने ती युवाहरुलाई तैसैले आम नेपाली दाजुभाइ र दिदिबहिनी ले समयमै सोच्न जरुरत छ ।

हामिले सत्तामा पुगाएका ले के गरे भन्ने विषयमा बहस र समिक्षा गर्न जरुरत हुन्छ । केही नेतालाई चीनजान हुने लेत आफ्नो च्याप्लुसी गरेर पनि केही गर्छन तर ति गाउ बस्तीका झुपडीका गरिब को हालत के हुन्छ ? जो हिजो चुनावमा स्टेचरमा हालेर ल्याईयो एकपटक साेचौत मित्रहरू आफै अनुसन्धान गरौंत तपाईं हामित एउटा् भर्‍याङ भयौ तेसैले । मेरो भनाई यो पनि होइन्न कसैलाई भोट दिनै हुन्न किन दियो भन्ने होइन यो लोकतान्त्रिक व्यवस्थामा यो स्वतन्त्रता छ । तर आफुले मन परेको उम्मेदवारलाइ दिनु पाउनु पर्यो र अहिलेको यो दलाल संसदीय व्यवस्थाको चुनावले तपाईं हाम्रो भोट्को कुनै अर्थ राख्दैन यो त केबल पैसा पावर हुनेहरुको चुनाव हो ।

जो प्रत्यक्ष जनताबाट निर्बाचित हुन्छ तेसैले राख्छ चुनावको महत्व अरु यो सब पैसा र पावर लगाएकाहरु र आफू बन्न मात्रै कोशिस गर्छ्न देश बनाउन होईन तसर्थ तपाईं हामी सम्पूर्ण देशभक्त,रास्ट्रप्रेमी नागरिक हरुले यो देशलाई माया गर्ने आम नेपालीहरु एकजुट हुँदै एकीकृत जनक्रान्ती र बैज्ञानिक समाजबादको बाटोमा अगिबडौ अनिमात्रै हामिले सोचेको बैज्ञानिद समाजबाद सम्भव छ र आउछ बेरोजगार लाखौं लाख युबाहरु अरबको खाडिमा जानु पर्दैन । देशमै केही गर्न सकिन्छ त्योदिन ल्याउन तपाईं हाम्रो काधमा अमुल्य समय आएको छ । आउनुहोस हातेमालो गरौ कथित संसदीय ब्यबस्था खारेज गरौ।
बैज्ञानिक समाजवाद स्थापना गरौं ।
एकीकृत जनक्रान्ती जिन्दावाद ।

लेखक :- नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाका महासचिव तुफान हुन ।

प्रतिक्रिया दिनुहोस