प्रधानमन्त्री केपि शर्मा ओलीलाई आफ्नो मृर्गौला दान गर्ने कैदीको घोषणा

मंसिर १७, कालिकाेट । कालीकोट कारागारमा रहेका एक वन्दीले प्रधानमन्त्री केपि शर्मा ओलीलाई आफ्नो मृगौला दान गर्ने घोषणा गरेका छन् ।

कालीकोटको महावै गाउँपालिका निवासि हेमन्त भनिने वलवहादुर शाहीले देशको कुसल चालक केपि शर्मा ओली भएकाले उहाँलाई बचाउन आफुले गृगौला दान गर्न चाहेको पत्र जिल्ला प्रशासन हुदै प्रधानमन्त्रीको कार्यालयमा पठाएको वताउनुभया्े ।

वलवहादुर शाहीले ९ महिना सम्म भारतले नाकावन्दी गर्दा देशलाई कुनै पनि हालतमा कम्जोर हुन नदिने राष्टप्रतिको निडर नेतृत्व भएका कारणले आफुले मृगौला दिन चाहेको वताउनुभयो् ।

उहाँले मृगौला जती पनि पाईएला तर आफुले निडर राष्ट प्रति वफादार, उहाँ ( प्रम ओली) पनि १४ वर्ष जेलमा वसेको ब्यक्ति भएका कारणले नेपाल र नेपालीले केपि ओलीको अभाव महसुस नगरोश भनेर मृगौला दान गर्ने अनुमति मागेको वताउनुभया्े ।

वलवहादुरले १५ दिन अगाडी आफुले पत्र पठाएको तर जेलर नभएको भन्दै पत्रलाई समयमा प्रशासन कार्यालयमा नपुगाएको प्रति दुख ब्यक्त गर्नुभयो् । यता प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले गृहमन्त्रालय मार्फत आफुले वलवहादुरको पत्र प्रधानमन्त्री कार्यालय पठाईसकिएको वताउनुभयो् ।

केदी वलवहादुरले आफु जेल वाट मुक्त हुने मनसायका साथ मृगौला दान गर्ने भनेको त होइन भन्ने प्रश्नमा वलवहादुरले आफुसंग कुनै स्वार्थ नभएको सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस