जतिवेला अमेरिकाको सैन्य रणनीतिसंग जोडिएको एमसीसी परियोजना नेपालमा ल्याइनु हुदैन भन्नेमा चर्को विवाद थियो । एमसीसी नेपालका लागि राष्ट्रघाती सम्झौता हो भन्ने धेरैलाई लागेको थियो । एमसीसीका विरुद्ध काठमाडौको वानेश्वर सडकमा नारा जुलुसहरु थिए । तत्कालिन नेकपा (माओवादी केन्द्र)का विद्यार्थी नेता कार्यकर्ता र विप्लवका नेता कार्यकता र नेपाली जनता सडकमा थिए । नेपालमा कुनै पनि हालतमा एमसीसी संसदवाट पास गरिनु हुदैन भनेर ! तर पनि २०७८ सालको फागुन १५ गते नेपालको संसदबाट एमसीसी पास भएरै छोड्यो । एमसीसीको विरोध गर्न कार्यकर्ता सडकमा पठाउने पुष्पकमल दाहाल प्रचण्ड यसको मुख्य पात्र थिए ।
अमेरिकाको मतियार हुदै १२ बुँदे व्याख्यात्मक टिप्पणीको नाटक गर्दै उनले संसदबाट एमसीसी पास गराए । उनकै तत्कालिन विद्यार्थी संगठनकी अध्यक्ष कालिकोटकी पञ्चासिंहको एमसीसी आन्दोलनमा पुलिसको कुटाईले खुट्टा समेत भाँचिएको थियो । उता नेकपाका प्रवक्ता प्रकाण्डको एमसीसी विरुद्धको आन्दोलनमा टाउको समेत फुटेको थियो । सडकमा प्रहरीको चर्को दमन थियो । एमसीसी कम व्याकको नारा धन्कीएको थियो । यस्तो बेलापनि राष्ट्रघाती एमसीसी सम्झौता गरेर मालिकलाई खुसी बनाउन प्रचण्ड तम्सिए । उनको मनमा थोरै पनि स्वाधीनताको भाव झल्किएन । देशप्रति र जनताप्रति कुनै माया झल्किएन । आज तिनै एमसीसीका मतियार पात्र जनयुद्धको आधार क्षेत्र कालिकोटमा चुनाव लड्ने उम्मेदवार बन्दैछन रे !
आज एमसीसी सम्झौताले देश विदेशीको क्रिडास्थल हुदैछ । देश युक्रेन र भेनेजुएला जस्तै बन्ने खतरामा छ । विकासको नाममा एमसीसी अन्तरगत नेपाल सरकारले १३ करोड डलर लगानी गर्नु पर्ने र अमेरिकाले ५० करोड अमेरिकी डलर अनुदान दिने भनिएको छ । झट्ट हेर्दा ५ बर्षभित्र पूर्व–पश्चिम राजमार्गको भालुवाङ–लमही २७, चन्द्रौटा–भालुवाङ ३५ र लमही–शिव खोला ३७ किलोमिटर सड्क बनाउने र ४ सय केभीको प्रसारणलाइन तथा तीनवटा सबस्टेसन निर्माण गर्ने गुलियो नारा छ । यहि गुलियो नाराभित्र विष हालिएको कुरा जनतालाई बुझाउनु पर्नेछ । यो सम्झौताले एमसीसीको कार्य क्षेत्रभित्रका जिल्लाहरुको जल, जंगल र भूमि उसकै स्वामित्वमा हुने उल्लेख छ । यसले के देखाउछ भने नेपालको युरेनियम कव्जा गर्ने मुख्य उद्देश्य राखेर अमेरिका सेना लिएर नेपाल आउने छ । यस्तै यो सम्झौता अनुसार नेपालीले ती क्षेत्रमा प्रबेश गर्ने वा अनुगमन गर्ने अधिकार गुमाएको छ । एमसीसीको उर्जा आयोजनामा अमेरिकन राष्ट्रिय सुरक्षा बलियोसंग जोडिएको छ त्यहाँ नेपालले कुनै हेर्न समेत पाउने छैन । अमेरिकाको बर्तमान कानुन र भविष्यमा बन्ने कानुन मान्नु पर्ने प्रावधान एमसीसीमा छ । यो सम्झौताले अधिकार प्राप्त ब्यक्ति, निकाय वा राज्य सरह एमसीसीले बिश्वका कुनै पनि ब्यक्ति, संघ संस्था, निकाय, अंग संग सहयोग लिने, सन्धी सम्झौता गर्ने स्वतन्त्र अधिकार प्रयोग गर्नेछ । यसको आयोजनामा काम गर्दा रोजगारी दिने सवालमा नेपाली नागरीक हुनुपर्ने छैन । यो सम्झौता नेपालको संविधान भन्दामाथि राखिएको छ । जसमा नेपालको कानुनसंग बाझिएमा, एमसीसी कानुन मान्य हुनेछ भनिएको छ । एमसीसीलाई सरकारी आयकर, शुल्क, भ्याट लागु नहुने व्यवस्था गरिएको छ । आखिर यस्तो राष्ट्रघाती सम्झौता प्रचण्डले संसदबाट पास गराएरै छोडे ।
यो सम्झौता संसदबाट पास हुदै गर्दा संसदमा चर्को विरोध गर्ने तत्कालिन एमाले नेता भिम रावत थिए । यस्तै एमाले नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माओवादी केन्द्रका नेता देव प्रसाद गुरुङ, नाराणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णवहादुर महरा पनि एमसीसीको विरोधमा थिए । पूर्वसभामुख महरालाई त एमसीसी टेबल नगरिएकोमा षड्यन्त्र गरी फसाईएको आरोप छ । आखिर जे जस्तो भएपनि आज एमसीसीको चर्को विरोध गर्ने नेता रावत, खनाल, गुरुङ,श्रेष्ठ र महरा जेनजी आन्दोलनपछि बनेको प्रचण्ड नेतृत्वको नेकपामा छन । अमेरिका एमसीसी कार्यान्वयनमा पेलेर आईरहेको छ । त्यतिवेला विरोध गर्ने यी नेताहरु अब के गर्छन ? त्यो त भोलिका दिनले देखाउने नै छ । तर प्रचण्ड र माधव नेपाल भने एमसीसी जसरी पनि पास गराउने योजनामा लागेका नेताहरु हुन । संयोगले आज ती दुवै नेतापनि नेकपासंगै छन । उनीहरु भने मालिकलाई खुसीपार्न एमसीसी कार्यान्वयन गराएर छोड्नेमा कुनै संका छैन । माधव नेपाल त महाकाली सन्धीले राष्ट्रघातीको लिष्टमै थिए । तर प्रचण्ड माथिल्लो कर्णाली सम्झौता, फुकाेट कर्णाली सम्झौता, अरुण तेस्रोको सम्झौता र पछिल्लो एमसीसी सम्झौताले थप उदाङ्गीएका छन ।
कर्णाली र कालिकोटको फुकाेट कर्णाली भारतलाई बेचेका प्रचण्ड अहिले कर्णालीकै कालिकोटमा भोट माग्न जाँदैछन । जनयुद्ध, माओवाद र माओवादी बेचेका प्रचण्ड जनयुद्धको आधार क्षेत्रमा भोट माग्न जाँदैछन । जनमुक्ति सेना र हतियार बेचेर खाएका प्रचण्ड जनमुक्ति सेनाको उत्पादन केन्द्रमा भोटमाग्न जाँदैछन । जनसत्ता, जनअदालत विघटन गरेका प्रचण्ड जनसत्ता र जनअदालत चलेको जिल्लामा भोट माग्न जाँदैछन र सहिदको रगतमा होली खेलेका प्रचण्ड सहिदको रगत बगेको लालकिल्लामा भोटमाग्न जाँदैछन । के प्रचण्डलाई कालिकोटे जनताले भोट लिएर जनयुद्धको सपना पुरा होला ? के प्रचण्डलाई भोट दिएर देशको स्वाधीनता बच्न सक्ला ? के प्रचण्डलाई भोट दिएर सहिदको सपना पुरा होला ? यी प्रश्नहरु कालिकोटे जनताकाविचमा छन । मलाई लाग्छ त्यो सम्भव छैन,प्रचण्ड अब प्रचण्ड रहेनन् । उनी अमेरिका र भारतको मतियार भईसके । उनले आफ्नो मालिकको हितमा काम गर्नेछन । उनी नेपालका दलाल पुँजीपतिवर्गको प्रतिनिधि भईसके । उनले नेपालका दलाल र पुँजीपतिवर्गको सेवा गर्नेछन । उनी सहिद परिवार तथा श्रमजीवीवर्गको प्रतिनिधि होईनन् । त्यसो भएर पनि प्रचण्डलाई भोट होईन कालिकोटको जनताले चोट दिएर लखेट्नु पर्छ ।
जनताको पक्षमा निरन्तर संघर्ष गर्ने जनताको प्रतिनिधि नेता, कालिकोटमा जनयुद्धको जन्मदाता र क्रान्तिका नायक खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड) हुन । यद्यपि उनले फागुन २१ को चुनावका लागि उम्मेदवारी भने घोषणा गरेका छैनन । तर उम्मेदवारी दिएमा कालिकोटका जनताले उनी भन्दा बाहिर भोट दिने सोच्नु सहिदप्रति अपमान हुनेछ । यो आधार क्षेत्रका जनताले सोच्नु पर्ने विषय हो । हामीले विदेशीको दानापानी खाने र विदेशीको स्वार्थमा चल्ने दलालहरु र विदेशीका मतियारहरु जिताउनु हुदैन । अझै एमसीसीको मतियार र अमेरिकी एजेड भएर कालिकोट जाने प्रचण्डलाई त सोच्नै सकिदैन । आफ्नो अमुल्य मत देश र जनताको हितमा काम गर्ने नेतालाई छानेर कालिकोटे जनताले विवेक पुर्याएर दिनेछन । एमसीसीका मतियार बहिष्कार गरौ ! राष्ट्रबादी नेता विजय गरौं !