प्रतिकुल मौसमका बाबजुद पनि नेकपा कालिकोटको जनसभा

पुस १९, कालिकोट । प्रतिकुल मौसमका बाबजुद पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालीकोटले  खिनमा जनसभा सम्पन गरेको छ ।

जनताको माग अनुसार कालिकोट खिनमा भब्य जनसभा गरिएको जिल्ला सेक्रेटरी रणदीपले जानकारी
दिनु भयो ।

वसन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रणदिपले अमरिकी परियोजना एमसीसीको चर्को बिरोध गर्नुभयो । उहाँले एमसीसी परियोजना भित्राउने प्रयास गरेर जनतालाई धोका दिने र ३ करोड नेपाली जनतालाई मूर्ख बनाउने कोशिस भएको उल्लेख गर्नुभयो ।

सेक्रेटरी रणदिपले  कुनै पनि हालतमा एमसीसी  कार्यन्वयन गर्न नदिने चेतावनी दिनुभयो । जनसभामा सामना सांस्कृतिक परिवारले जनसांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस