गाउँमा मोटर कुद्ने आशमा पाक्नै लागेको गहुँ फाँड्दै स्थानीय

बैशाख २१, कालिकाेट । स्थानिय सरकारले गाउ गाउमा सडक बिस्तार गरिरहेको छ । नागरिकहरुको चाहनालाई पुरा गर्ने भन्दै जिल्लाका सबै स्थानिय तहमा सडक बिस्तारको काम तिव्र गतीमा अगाडी वढिरहेको छ । जिल्लाको रास्कोट नगरपालिका भित्रका सबै वस्ती सडकको पहुँचमा पुगेका छन ।

सडक पुगेपछि नागरिकहरुमा उत्साह त छ नै, खेती योेग्य जमिना मासिदा निरासा पनि त्यती कै छ । नगरपालिका वडा नं २ का वडा सदस्य पृथि खड्काले सडकले आवत जावतमा सहज भएपनि खेती योग्य जमिना मासिदा खाद्य परनिर्भता वढ्ने चिन्तामा हुनु हुन्छ ।

यती वेला रास्कोट नगरपालिकाले उत्पादन गर्न लागेको धौले धुवाने छहरा जलबिद्युत उत्पादन केन्द्रमा सडक पुगाउन काम गरिरहेको छ । आफ्नै स्र्काभेटर प्रयोग गरेर नगरपालिकाले सडक बिस्तार गर्दा धेरै जसो धान उत्पादन हुने क्षेत्र मासिदै गएको छ ।

नागरिकहरुले सडक मार्फत यात्रा गर्न पाउने भएपछि धेरै दुखि त छैनन । तर धान उत्पादन हुने खेत सडकले कटान गरेपछि के खाउला भन्ने चिन्ता मनमा रहेको वडा नं २ का नर खड्काको छ । उहाँको सात मुरी धान उत्पादन हुने खेत सडक बिस्तारका क्रममा मासिएको छ । यस्तै समस्या वडा नं २ कै नरध्वज खड्कालाई पनि छ । खड्काले खेतमा गहु संगै आलु खेती पनि गर्नु भएको थियो । बिद्युत उत्पादन केन्द्रमा जोड्ने सडक बिस्तार हुदा काचै गहु काट्नु परेको छ । तर पनि घरैमा गाडी पुग्दा खासै दुख भने नलागेको उहाँको वुझाई छ ।

बिभिन्न प्रकोपका कारणले रास्कोटका नागरिकहरु भोकमरीको मारमा छन । गत साल गँहु भित्राउने वेलामा असिनाले वाली नष्ट गर्यो । गत कार्तिकमा पनि असिनाले धावाली सखापै पार्यो, सरकारी निकायवाट राहतको आसपासन त मिल्यो । तर हाल सम्म राहत पाएका छैनन । त्यसैले पनि गँहुवाली सडक बिस्तारले गर्दा नष्ट हुदा गुनासो भने गर्ने गरेको नगरपालिका वडा नं २ का अध्यक्ष दयाराम सिम्खाडाले वताउनुभयो ।

उहाँले सबै भन्दा वढि खेतीयोग्य जमिन वडा नं ६ र २ को मासिएको वताउनुभयो । बिकास नगरौँ गनै पर्ने गरौ केही विनास पनि सहनु पर्ने यो वाध्यता भएको अध्यक्ष सिम्खाडाको भनाई छ । वडा नं ६ का अध्यक्ष टंक्कवहादुर फर्सालले पनि खेती योग्य जमिन जोगाउनका लागि योजना वनाएपनि सडकको मापदण्डले गर्दा जोगाउन नसकिएको वताउनुभयो । उहाँले धेरै प्रयास गरेर पनि सम्भव नभएको वताउनुभयो ।

सडक बिस्तारले नगदेवाली उत्पादनमा जोड दिने भएकाले खासै समस्या नहुने रास्कोट नगरपालिकाको दावी छ । गाउमा उत्पादन भएका सबै वस्तु वाहिर निरियात हुने भएकाले सडकले विनास मात्र होइन, नागरिकहरुमा समृद्धी पनि ल्याउने रास्कोटको नगरको बिश्वास छ ।

रास्कोट संगै जिल्लाको नगरहरीनाथ गाउपालिका, पलाँता गाउपालिका, सान्नीत्रिवेणी गाउपालिका, तिलागुफनगरपालिका र खाँडाचक्र नगरपालिका भित्रका धेरै खेतीयोग्य जमिन सडकमा परिणत भएका छन । यसले गर्दा सरकारको कृषि उत्पादनमा जोड दिने भन्ने योजनामा प्रभाव पर्ने पक्का छ ।

प्रतिक्रिया दिनुहोस