नेकपा कालिकोटले राष्ट्रघाती एमसीसी लगायत सबैखाले राष्ट्रघातका विरुद्धको सङ्घर्ष गर्ने

१८ भाद्र, कालिकोट । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले राष्ट्रघाती सम्झौता एमसिसी लगायतका सबैखाले राष्ट्रघात, जनघात, भ्रष्टचार र दलालीका विरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ ।

साेमबार सहिद स्मृति गाउँपालिकाकाे खुलालुमा सम्पन्न बैठकले एमसिसी लगायत सबैखाले राष्ट्रघातका विरुद्धको सङ्घर्ष गर्ने निर्णय गरेको हो ।

बैठकले जनतासंग पार्टी विशेष अभियान सञ्चालन गर्ने, विकास निमार्णमा भइरहेका अनियमितता, ढिलासुस्ती र लापरवाही विरुद्ध खबरदारी गर्ने निर्णय गरेको छ ।

राष्ट्रघाती सम्झौता एमसिसी कार्यनयन हुन नदिन लगायतका राष्ट्रघात, जनघात, भ्रष्टचार र दलाली विरुद्ध जनतालाई जनजागृत गर्न भित्तेलेखन, विचार गोष्ठी र अन्तरक्रिया कार्यक्रम गर्ने बैठकले निर्णय गरेको हाे ।

बैठकले पार्टी केन्द्रको निर्णयलाई आत्मसाथ गर्दै एक कमिटि एक उत्पादनको नितिलाई कडाई पुर्वक कार्यनव्यन गर्ने भएको छ ।

बैठकले कालिकोट जिल्लालाई पुर्वी र पश्चिम गरि दुई जिल्लामा विभाजन गरेको छ । पुर्वी जिल्लाको सेक्रेटरीमा रमेेश सीलाई चयन गरेको छ भने पश्चिम जिल्ला सेक्रेटरीमा शाहसीनै यथावत रहनुभएकाे छ।

वैठकले समाजवादी मोर्चा नेपालमा नेपाली विशेषताकाे समाजवादका लागि व्यापक छलफल तथा अन्तरक्रिया गर्दै यसलाई जनता सम्म लैजान निर्णय गरेको छ ।

जिल्ला सेक्रेटरी शाहसी सीकाे अध्यक्षता सम्पन्न बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली मुक्तिमोर्चाका संयोजक विराट सी, मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सी, नेकपा केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवान् सी, नेकपा केन्द्रीय सदस्य तथा नमुना निर्माण विभाग सदस्य अविचल सीकाे आतिथ्यता रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस