१९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धारणा माग गर्नुृ भएको छ ।
शनिबार नेकपा एमालेको काठमाडौं महानगरपालिका स्तरीय कार्यक्रममा सम्बोधन गर्दै उहाँले एमसीसीबारे देउवा र प्रचण्डको धारणा के हो भनी प्रश्न गर्नु भयो ।
एमसीसी झुक्याएर पास गर्न खोजिएको भन्दै ओलीले यसबारे गठबन्धनका नेताले केही नभनेको भन्दै आक्रोश पोख्नु भयो ।
‘एमसीसीबारे कोही बोल्दैनन्, के गर्ने हो भन्दैनन्, शेरबहादुर देउवाले भन्नुपर्दैन एमसीसी के गर्ने ?, प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने ? उहाँहरु चुपचाप हुनुहन्छ ’ उहाँले भन्नु भयो ।
‘चीनसँग कुनै सीमा विवाद छँदै छैन, कसलाई खुशी पार्न चीनसँग सीमा विवाद समाधान गर्न समिति बनाउनुप¥यो’ उहाँले भन्नु भयो ‘मेरो चुनौती छ यो समितिले कुनै ठाउँमा सीमा विवाद देखाओस् ।’
प्रतिक्रिया दिनुहोस