नेकपा कालीकोटको दोस्रो पूर्ण वैठक सकियो

१८ कार्तिक,कालीकोट । विप्लव नेतृत्वको नेकपा कालीकोटले आगामी फागुनमा हुने पार्टी महाधिवेसन र मंसिर ८ मा हुने पार्टी पूनर्गठन दिवसको कार्यक्रमलाई भव्यताका साथ तयारी गर्ने निर्णय गरेको छ ।

माल्कोटमा पार्टी प्रवक्ता खड्ग वहादुर विश्वकर्मा सहितको उपस्थितिमा वसेको जिल्ला समितिको दोस्रो पूर्ण वैठकले यस्तो निर्णय गरेको हो । पार्टीको ९ औं महाधिवेसन जनयुद्ध दिवसको अवसर पारेर फागुनमा हुदैछ ।

यस्तै पार्टीको पूनर्गठन दिवस पनि काठमाडौमा भव्य जनसभा गरि मनाउने पार्टीको निणर्य अनुसार जिल्लावाट केही जनतालाई कार्यक्रममा सहभागी गराउने वैठकले निर्णय गरेको छ ।

वैठकले दलाल संसदीय व्यवस्था पूर्ण असफल भएको निश्कर्ष निकाल्दै त्यसको ठाउँमा जनतालाई वैज्ञानिक समाजवाद प्राप्तिको लागि जनमतसंग्रहको चुनावमा केन्दित गर्ने निर्णय गरेको छ ।

वैठकले केही साँगठनिक रुपमा हेरफेर समेत गरेको नेकपा कालीकोटले जनाएको छ । वैठकले राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध सशक्त संघर्ष गर्ने र जिल्लामा एमसीसी विरोधी राजनैतिक दलसंग सहकार्य गरि भण्डाफोर गर्ने निणर्य पनि गरेको छ ।

वैठकमा नेकपाका प्रवक्ता प्रकाण्डले जिल्ला समितिले गरेका निर्णयहरु जनता सम्म कार्यन्वय गर्न निर्देशन दिनु भयो । यस्तै वैठकमा पार्टीका केन्दीय सदस्य एटम,वलवान र विराटको समेत सहभागिता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस