सांसद र मेयरको चर्को दबावमा विद्यालय व्यवस्थापन समितिको निर्णय जबर्जस्त उल्ट्ईयो

१८ मंसिर,कालिकोट । जिल्लाको रास्कोट नगरपालिको वडा नम्वर ८ बाँखरकोटको श्री मंगलादेवी आधारभूत विद्यालयमा शिक्षक राख्ने विषयमा विद्यालय व्यवस्थापन समितिले गरेको पूर्व निर्णयलाई सांसद र मेयरको ठाडो दवावले जबर्जस्त उल्ट्याईएको छ ।

सवै निणर्यहरु उल्ट्याउदै २०७९साल मंसिर १८को विद्यालय व्यवस्था समितिको वैठकको निर्णय हेर्नुहोस्

आईतवार विद्यालयमा बसेको विद्यालय व्यवस्थापन समितिको वैठकले सांसद र मेयरको दवावमा वाध्य भएर आफ्नै पूर्व निणर्यहरु उल्ट्याएको व्यवस्थापन समितिको भनाई छ  । व्यवस्थापन समितिको वैठकले सांसद महेन्द्र वहादुर शाही र मेयर धर्मराज शाहीका नातेदार पर्ने खगेन्द्र शाहीलाई विद्यालयको खाली शिक्षक दरवन्दीमा ल्याउने षड्यन्त्र रुवरुप यस्तो निणर्य गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिले यसअघि २०७८ साल चैत्र १८ गते बसेको वैठकवाट विद्यालयमा खाली हुन आउने शिक्षक दरवन्दीमा गाउँकै ध्वजवहादुर विकलाई राख्ने पहिलो निर्णय गरेको थियो ।

२०७८ साल चैत्र १८ को विद्यालय व्यवस्था समितिको वैठकको निणर्य 

यस्तै विद्यालय व्यवस्थापन समितिको यहि मंसिर १३ गते वसेको अर्को वैठकले विद्यालयमा खाली हुन पुगेको शिक्षक दरवन्दीमा विज्ञापन गरेर प्रतिस्पर्धावाट शिक्षक नियुक्त गर्ने दोस्रो निर्णय गरेकोे थियो । चैत्र १८ को निर्णय कार्यान्वय गर्न विज्ञापन मार्फत आगाडि वढ्न खोजेको भएपनि दवावका कारण त्यसो हुन नसकेको व्यवस्थापन समितिले वताएको छ ।

 २०७९साल मंसिर १३ को विद्यालय व्यवस्था समितिको वैठकको निणर्य यस्तो छ

तर सो दुवै निर्णयलाई उल्ट्याउन चर्को दवाव दिर्दै आएका सांसद महेन्द्र वहादुर शाही र नगरप्रमुख धर्मराज शाही (पोषण)ले आफ्नो नातेदार व्यक्ति खगेन्द्र शाही लाई आईतवार जवर्जस्त शिक्षक राख्ने र सरुवा माग गर्ने निर्णय गराएका हुन । एकातिर शिक्षा तथा मानव श्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय शाखाले मंसिर १२ गते सूचना जारी गरि हाललाई शिक्षक नियुक्तिको विज्ञापन र सरुवा गर्न नपाईने निर्णय गरेको छ ।

यो सूचना हेर्नुृहोस्

 

शिक्षा तथा मानव श्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय शाखाले गरेको निर्णय देखि व्यवस्थान समितिको निर्णय विरुद्ध टाउकेहरुको दवावले यस्तो निर्णय गर्न वाध्य भएको व्यवस्थापन समितिका एक सदस्यले खुलासा गरेका छन ।
वैठकमा पाँच जना व्यवस्थापन समितिका सदस्यहरुको मात्र सहभागीता रहको थियो । यस्तै अरु व्यवस्थापन समितिका सदस्यहरुको सहभागीता पनि छैन र माइनटमा हस्ताक्षर पनि छैन ।

मंगलादेवी आधारभूत विद्यालयमा लामो समय देखि अध्यापन गराउदै आउनु भएका शिक्षक नन्दगोपाल वरालको उमेर हदवन्दीका कारण समयावधि सकिएपछि मंसिर ९ गतेवाट शिक्षक दरवन्दी खाली भएको थियो ।

विद्यालय व्यवस्थापन समितिले चैत्र महिना मैे शिक्षक वरालको खाली हुन आउने दरवन्दीमा गाउँकै ध्वजवहादुर विकलाई शिक्षक राख्ने निर्णय गरेको थियो ।  विकले आफूलाई जागीरकै लागि पार्टी प्रवेश गर्न लगाइएको र शिक्षक वनाउन खोज्र्दा आफ्ना आफन्तहरुलाई ठकुरीवाद लागु गरेर ल्याइएको वताउनु भएको छ ।

एउटा दलित माथि ठुलो अन्याय गर्दै गरिएको यो निर्णयमा आफ्नो आपत्ति रहेको विकले वताउनु भएको छ । उहाँलाई विभिन्न प्रलोभन देखाएर चुनावमा समेत माओवादी केन्द्रले प्रयोग गरेको थियो ।

अहिले सवै निर्णयहरु वदर गरिएपछि विक सहित वहुसंख्यक अभिभावकहरु असन्तुष्ट भएका छन । अभिभावकहरुले जो आएपनि आफ्नै गाउँको शिक्षक आउनु पर्ने र अर्को गाउँको आउन नपाईने वताएका छन ।  अभिभावहरुले उस्तै परे राजनैतिक दवावमा निर्णय गर्ने व्यवस्थापन समितिका अध्यक्ष तथा केही सदस्यहरुलाई खारेज गर्न सक्ने चेतावनी दिएका छन ।

सांसद र नगरप्रमुखको आफ्नै नातेदारलाई शिक्षक वनाउने रणनीति अनुरुप शिक्षा तथा मानव श्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय शाखाको निर्णय र स्वयम व्यवस्थापन समितिको पूर्व निर्णय विरुद्ध ठुलो चलखेल भएको विषयमा विद्यालयका अधिकांश शिक्षकहरु पनि असन्तुष्ट छन ।

विद्यालय व्यवस्थापन समितिका केही सदस्यहरुले प्रतिनिधि सभाका सदस्य शाही र नगरप्रमुख शाहीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलिमाने टमट्टा र नगरशिक्षा शाखाका श्रोत व्यक्ति महाप्रसाद वराललाई समेत चर्को मानसिक यातना र दवाव दिएर जवर्जस्त खगेन्द्र शाहीलाई ल्याउन चर्को दवाव दिएका थिए ।

शिक्षा जस्तो संवेदनशिल क्षेत्रमा आफ्ना नातागोतालाई जवर्जस्त शिक्षक वनाउने निर्णयको अभिभावकहरुले भने चर्को विरोध गरेका छन । अभिभावकहरुले सांसद र मेयर जस्तो पदका व्यत्तिहरुले एउटा विद्यालयमा घृणित राजनीति गर्न जाहेज नभएको वताएका छन । अभिभावकहरुले जवर्जस्त गरिएको निणर्य आफूहरुलाई मान्य नहुने पनि वताएका छन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलिमाने टमट्टा माओवादी केन्द्रका नगर कमिटि सदस्य हुनुहुन्छ । यस्तै श्रोत व्यक्ति वराल पनि माओवादी केन्द्रको शिक्षक कमिटिमा रहनु भएका व्यक्ति हुनुहुन्छ ।

सांसद शाही भने माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य र नगरप्रमुख शाही माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य हुनुहुन्छ । तलदेखि माथि सम्म सवै माओवादी केन्द्रका व्यक्तिहरु भएकाले आफ्नो अनुकुलताको नातागोता पर्ने व्यक्तिलाई शिक्षक वनाउन खोजिएको खुलासा भएको छ ।

विद्यालयका प्रधानाध्यापक धनपति वरालले शिक्षकका विषयमा चर्को राजनैतिक दवालका कारण वाध्य भएर सरुवा माग गरिएको र आफुले केही भन्न नसक्ने प्रतिक्रिया दिनु भएको छ । खगेन्द्र शाही भने हाल संखुवासभा जिल्लामा प्रावि तहमा स्थायी शिक्षकमा कार्यरत हुनुहुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस