गृहमन्त्रीको अभिव्यक्तिप्रति टिप्पणी गर्दै भीम रावलले भने ः निरंकुशतन्त्र ढल्छ


२३ माघ,काठमाडौँ । पुष्पकमल दाहाल माधवकुमार नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाह बन्ने दुःस्वपन देखेको बताउनु भएको छ ।
नेता रावलले प्रधानमन्त्री ओलीले निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुःस्वप्न देखेको बताउनु भएको हो । शुक्रबार आयोजित आमसभामा ओली नेतृत्वको सचिवालय सदस्यसमेत रहनु भएका गृहमन्त्री राम वहादुर थापाले मांसाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको चिडियाखानामा लगेर थुन्ने बताउनु भएको थियो ।
त्यसैको प्रतिक्रियामा भीम रावलले सामाजिक सञ्जालमा लेख्नु भएको छ प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरूद्ध आन्दोलन गर्नेहरूलाई जाउलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रम ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुःस्वप्न देखिरहनु भएको पुष्टि हुन्छ । निरंकुशतन्त्र ढल्छ ।’

प्रतिक्रिया दिनुहोस