असंवैधानिक कदम सच्याएपछि मात्र कांग्रेस चुनावमा जान्छ ः नेता पौडेल


२३ माघ पाल्पा । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडैलले पहिला प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम सच्याएपछि मात्र चुनावमा जान सकिने बताउनु भएको छ ।
कांग्रेस रामपुर नगर समिति, रामपुरले बेझाडमा शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाले भन्नु भयो , ‘संविधान बचाउनुपर्ने बेला आएको छ । त्यसपछि मात्र चुनावमा जान सकिन्छ ।’
पहिलो संविधानको रक्षा गर्नुपर्ने बेला आएको बताउँदै उहाले संविधान नरहे चुनाव नहुने भएकाले चुनाव संविधानमा टेकेर मात्र हुने बताउनु भयो । ‘संविधानलाई पहिला बचाउने र असंवैधानिक कदमलाई सच्याएपछि मात्र चुनावमा जान सकिन्छ,उहाँले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस