२१ साउन, वुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्री वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पु¥याएको दाबी गर्नु भएको छ ।
एमालेमै फर्किएको विज्ञप्ति पनि उहाकै इच्छाअनुसार सार्वजनिक भएको ढकालको भनाइ छ ।
प्रदेशसभा सदस्य विमलाले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल लगायतले जबर्जस्ती मुख्यमन्त्री निवास पु¥याएर ‘बन्धक’ बनाएको र एमालेमा फर्किएको वक्तव्य जारी गर्न लगाएको बताउनु भएको थियो । साउन १५ देखि आफूलाई मुख्यमन्त्रीकै निवासमा राखेको र २० गते शौचालयको चप्पल लगाएर भागेको उहाको दाबी छ ।
प्रमुख सचेतक ढकालले विमलालाई मुख्यमन्त्रीको निवास पु¥याएको स्वीकार गनुृ भएको छ तर जबर्जस्ती नभई उहाकै इच्छाअनुसार भएको बताउनु भयो ।
ढकालले जबरजस्ती गरिएको होइन ।’ दाङबाट बुटवलस्थित मुख्यमन्त्रीको निवासमा ल्याउने बेला विमलासँगै उहाकी दिदी र भिनाजुको भाइ पनि सँगै गाडीमा रहेको ढकालले बताउनु भयो ।