२१ साउन कालिकोट । जिल्लामा दश दिनका लागी निशेधाज्ञा थपिएको छ ।
जिल्ला कोभिड ब्यवस्थापन समितिको बिहिबार बसेको बैठकले कारोना भाईरसको संक्रमण देशभर बढ्दै गएको वेला जिल्लामा पनि जोखिम वढेको निश्कर्ष निकाल्दै दश दिनका लागी निशेधाज्ञा गर्ने निर्णय गरेको हो ।
शुक्रवार राति १२ बजे देखि लागु हुने गरी भाद्र १ गते राति १२ बजेसम्मका लागी निशेधाज्ञा हुने छ ।
सो समयमा जिल्लामा सभा,सम्मेलन,जुलुस र्याली लगाएतका कार्यक्रमहरु गर्न नपाउने प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य द्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा शैक्षिक संस्थाहरु पुर्णरुपमा बन्द गर्ने, बैंक तथा बित्तीय संस्थाहरु, पसल,बिवाह बर्तबन्ध स्वास्थ्य मापदण्डहरु पालना गरी अघि बढ्ने र २५ जना सम्म मात्र भेला हुन पाउने समेत उल्लेख गरिएको छ ।
जिल्ला बाहिर जानु परेमा प्रमुख जिल्ला अधिकारी सँग पास लिएर जानु पर्ने व्यवस्था पनि गरिएको छ ।
विज्ञप्तीको पूर्णपाठ