गौहत्या गर्ने कुनै योजना होइन मेयरः राणा, ७ जना विरुद्ध मुद्धा चल्दै

भाद्र १९, नेपालगंज । नेपालगंज उप–महानगरपालिकाका मयेर धवल शमशेर राणाले आफ्नो उप–महानगरपालिकाले गौहत्या गर्ने कुनै योजना नवनाएको वताउनु भएको छ ।

उहाँले वरु छाडा रुपमा रहेका गाई गोरुहरुको व्यवस्थापन गर्न नगरले दैलेख तिर पठाउन लागिएका गाई गोरुहरु ट्रकमा निसास्सीएर मरेको वताउनु भएको छ ।

वुधवार ज्वाला खवर संगको कुराकानीमा उहाँले जव गाई गोरुहरु निसिासीएर मरे तव अरु पनि ट्रकवालाले वाटोमै छोडेको दावी गर्नु भयो । उहाँले त्यस्तो घटना हुनु नितान्तै दुखत भएको भन्दै आफुले कल्पनै नगरेको घटना घटेको वताउनु भयो ।

त्यो समयमा आफु काठमाण्डौ रहेको र गाई गोरु लिदा राम्रो संग लिनु समेत भनेको उहाँले खुलासा गर्नु भयो । उहाँले घटनाका वारे गृहमन्त्रालयको छानविन टिम समेत घटनास्थलमा आएको भन्दै थप सत्य तथ्य वाहिर आउने पनि विश्वास दिलाउनु भयो ।

यसै विच दैलेखतर्फ लैजान लागिएका मध्ये ३५ गाईलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सातजनालाई अनुसन्धानका लागि जिल्ला अदालत सुर्खेतले सात दिनको म्याद दिएको छ ।

प्रहरीले पाँचजना चालक र दुई सहचालकलाई शुक्रबार पक्राउ गरेको थियो । जिल्ला अदालत सुर्खेतले ट्रक चालक शत्रुधन चौधरी, दामोदर केसी, सागर विक, विवेक कुँवर, हिमबहादुर जिसी र सहचालक अमृत चौधरी तथा कृष्णबहादुर बिसीलाई गोवधमा अनुसन्धान गर्न म्याद दिएको हो ।

नेपालगन्ज उप–महानगरपालिकाले आफ्नो कान्जीहाउसमा रहेका मध्ये तीन सय ७० गाई, केही गोरु र बाच्छाबाच्छीलाई दैलेखको भैरवी गाउँपालिका–१ को श्रीस्थान पु¥याउन खोजेको थियो । तर गाई गोरु भने वीरेन्द्रनगरको भेरी पुलदेखि कुटकुवा क्षेत्रका विभिन्न जंगल र भीरमा बिहीबार राति साढे १२ बजेदेखि शुक्रबार बिहान चार बजेबीचमा झारिएको थियो ।

त्यस क्रममा ३५ वटा गाई मृत अवस्थामा फेला परेका थिए । गाई झारेर फर्कंदै गरेका आठ ट्रकमध्ये प्रहरीले बबईबाट पाँच ट्रकसहित सात जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस