१२ बुँदे व्याख्यात्मक टिप्पणी झुट,देखावटी र भ्रामक कुरा होः भरत सी

१८ असोज,सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले एमसीसी पारितका बेला घोषणा गरिएको १२ बुँदे व्याख्यात्मक टिप्पणी अमेरिकाले स्वीकार गर्यो भनेर भन्ने कुरा झुट,देखावटी र भ्रामक भएको बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले विहिवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको “बर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक” अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थायी समिति सदस्य भरत सीले यस्तो झुट,देखावटी र भ्रामक कुरामा नेपाली जनताले विश्वास गर्न नहुने बताउनु भएको हो ।

उहाँले अमेरिकाको पछि लागेर एमसीसी कार्यान्वयन गराउन नेपाली जनतालाई अमेरिकाले १२ बुँदे स्वीकार गर्यो भनेर प्रधानमन्त्री प्रचण्डले झुट,देखावटी र भ्रामक कुरा बोलेको भन्दे आपत्ति जनाउनु भयो ।

उहाँले प्रचण्डले अमेरिका पुगेर एमसीसी जसरी पनि कार्यान्वय गर्छु भनेर बाचा गरेर आएको खुलासा गर्नु भयो । नेता भरतले प्रचण्ड नेपालमा पुगेर स्वाधीनताको लागि लड्छु भन्ने कुरा गर्नु केवल कुर्सी जोगाउनको लागि मात्र दोहोरो चरित्र प्रकट गरेको टिप्पणी गर्नु भयो ।

उहाँले भन्नु भयो “आफ्नो सत्तासंकट टार्न प्रचण्ड व्याख्यात्क टिप्पणी अमेरिकाले मानेको भन्छन । मौखिक होइन, खिलित रुपमा लिपिवद्ध गर्नु पर्छ । यो भ्रम छर्ने कुरा हो । सत्ता ढल्ने होकी भनेर कुर्सी बचाउन प्रचण्ड एमसीसी कार्यान्वयका लािग पछि लागेका हुन ।”

नेता भरत सीले नेपालबाट कुनै पनि हालतमा एमसीसी कार्यान्वयन नरोके नेपाल युक्रेन हुने खतरा भएको बताउनु भयो । उहाँले नेपालका कम्युनिष्ट सिध्याउन र चीन घेर्ने रणनीति बनाएर अमेरिका एमसीसी ल्याएर नेपाल आएको सबैले बुझन आग्रह गर्नु भयो ।

उहाँले कतिपयले व्यवस्था नभएर अबस्था बदल्नु पर्ने भ्रामक कुरा बताइरहेको चर्चा गर्दै व्यवस्था नबदले सम्म नेपाली जनताको अवस्था बदल्न नसकिने ठोकुवा गर्नु भयो ।

उहाँले नेपालको मुख्य समस्या दलालपूँजीवाद भएको बताउदै दलाल पूँजीवादलाई अन्त्य गरेर नेपाललमा नेपाली विशेषताको समाजवाद ल्याउनुको विकल्प नभएको ठोकुवा गर्नु भयो ।

उहाँले काङ्ग्रे,एमाले राप्रपा लगायतका सबै पार्टीहरुले समाजवादमा जान्छौ मात्र भन्ने तर समाजवादमा जान नचाहने कुराले समाजवाद नआउने बताउनु भयो । उहाँले समाजवादको पुजा मात्र गर्ने केही पार्टी र नेताका कारण देश अगाडि बढन नसकेको औल्याउनु भयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार पृथ्वीवहादुर सिंह,नेपाल समाजवादी पार्टीका लम्मी भट्राई, नेकपा एकीकृत समाजवादीका शिव लगायतका नेताहरुले नेपालमा समाजवाद आवश्यक भएको र दलाल पुँजीवादले समस्या पैदा गरेको बताउनु भएको थियो ।  ध्रुवको अध्यक्षमामा सम्पन्न कार्यक्रमको संचालन जीतले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस